सोनु तामांगको आक्रामक पारिले टरेन बाँकेको हार, दंगाली गोर्खाजको बिजयी सुरुवात

  • विकेटनेपाल, बैशाख ४ – मंगलबार

आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको मंगलवार भएका दुई खेलमा एबरोल टी एम टी लुम्बिनी यात्रीज र एन आई सि एसिया दंगाली गोर्खाजले जित हासिल गरेका छन् । कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन भएका खेलहरुमा दुबै बिजयी टिमहरुले ६ विकेटको जित निकालेका थिए 

पहिलो खेलमा एबरोल टि एम टी लुम्बिनी यात्रीजसँग टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको जिसान बांके ब्लास्टरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन बनाएको थियो । उसका कप्तान प्रज्वल शाहीले १२ रन बनाए भने सुदिप नेपाली र अख्तर हुसैनले १३/ १३ रन बनाएका थिए । छैठौ ब्याट्सम्यानको रुपमा मैदानमा प्रवेश गरेका सोनु तामाडंले भने आक्रामक पारी खेल्दै जम्मा १७ बलमा ५८ रनको अर्धशतकिय पारी खेलेका थिए । जस्मा ८ वटा छक्का र एउटा चौका प्रहार गरेका थिए । एबरोल टी एम टी लुम्बिनी यात्रीजका लागि सुनिल सुनार,बासिर एहमद र निजामुद्दिन हल्वाईले २/२ विकेट लिन सफल भए ।

१३९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको एबरोल टी एम टी लुम्बिनी यात्रीजले ७ बल अगाडी ४ विकेट गुमाएर विजय प्राप्त गरेको थियो । उसका लागि ओपनर ब्याट्सम्यान विशाल खत्रीले ४६ बल खेल्दै ६६ रन बनाएका थिए भने बसिर अहमदले १६ बल खेल्दै ३५ रन बनाएका थिए । जिसान बांके ब्लास्टरका लागि गोपाल सिंहले २ विकेट लिएका थिए । अर्धशतकिय पारी खेलेका एबरोल टी एम टी लुम्बिनी यात्रीजका ६६ रन बनाएका विशाल खत्री म्यान अफ द म्याच घोषित भएका थिए । 


त्यस्तै दोस्रो खेलमा एन आई सि एसिया दंगाली गोर्खाजले पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ६ विकेटले पराजित गरेको छ । पहिलो ईनिडंग्समा टस हारेर ब्याटिंगमा उत्रेको पप्पुु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजका लागि भने राम्रो सुरुवात रहेन । कप्तान सौरभ खनालले ३८ बल खेल्दै ३६ रन बनाए भने रोल्पाका उप कप्तान तथा विकेट किपर सम्मसुद्दिन अन्सारीले ११ तथा शेर ओलीले १० रन बनाए । अन्य ७ ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । दंगाली गोर्खाजको निकै आक्रमक फिल्डींगमा बलर सागर ढकालले ४ विकेट तथा बिष्णु कटारियाले ३ विकेट लिए । १८.५ ओभरमा आफनो सम्पुर्ण विकेट गुमाउदै पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले ९५ रन बनाएको थियो ।

जवाफमा ९६ रनको विजय योगफल लिएर मैदानमा उत्रेको दंगाली गोर्खाजले आक्रमक ब्याटिंग गर्दै ओपनर संदिप सुनारले १९ बलमा ३६ रन बनाए भने उप कप्तान विनायक गिरी र सुजन पुनले समान १६ रन बनाए । १४ ओभरमा ४ विकेटको क्षतिमा दंगाली गोर्खाजले जित निकालेको हो । एन आई एसिया दंगाली गोर्खाजका सागर ढकाल म्यान अफ द म्याच घोषित भए ।

सोमवारबाट सुरु भएको आर्शिवाद पेन्ट्स नेपालगन्ज कपमा आज हुने पहिलो खेल एबरोल टी एम टी लुम्बिनी यात्रीज र एन आई सि एसिया दंगाली गोर्खाज र दोस्रो खेल पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज र अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गस बीच हुने टुर्नामेन्ट डाईरेक्टर सौगात विक्रम शाहले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख दस हजार तथा उप विजेताले साठी हजार पाउने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले बताए ।





थप समाचार

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]

वेस्ट इन्डिजविरुद्ध नेपालको कसिलो बलिङ, नेपालले पायो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको […]

नेपालले टस हार्‍यो, कमल बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]