नेपालले नेदरल्याण्डसँग खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने

  • विकेटनेपाल, जेठ ९ – बुधबार

नेपालले नेदरल्याण्डसँग खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने भएको छ ।

जुलाई २९ तारिखमा इंग्ल्याण्डको प्रतिष्ठित क्लब मेरिलबन क्रिकेट क्लब र नेदरल्याण्डसमेत रहनेगरि लर्ड्स क्रिकेट मैदानमा आयोजना हुने टि-२० त्रिकोणात्मक सिरिजपछी नेपालले एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने भएको हो ।

नेपालले अगस्ट १ र अगस्ट ३ मा नेदरल्याण्डमा २ खेलको एकदिवसीय सिरिज खेल्ने जानकारी प्राप्त भएको हो । यधपी कुन मैदानमा खेल खेलिने भन्नेबारे भने अझै निर्णय भईसकेको छैन ।

Nepal Cricket Team
Nepal Cricket Team

नेदरल्याण्डका प्रशिक्षक तथा पुर्व अस्ट्रेलियन क्रिकेटर रयान क्याम्पबेलले क्रिकबजसँग कुरा गर्दै आफुहरु नेपालको पहिलो एकदिवसीय खेल आयोजना गर्न पाउदा खुसिलागेको बताएका छन् । उनले भन्छन्, “नेपालको पहिलो एकदिवसीय  खेल र नेदरल्याण्डको सन् २०१३ पछिको पहिलो घरेलु सिरिज को स्वागत गर्न पाउँदा खुसि छौं ।”

नेपालले २०७४ को चैत्र १ गते विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पपुवा न्युगिनीलाई पराजित गर्दै पहिलोपल्ट ४ बर्ष (२०१८ देखि २०२२ को विश्वकप छनोट) को लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो ।

यसअघि नेपालले २०१४ को टि-२० विश्वकप क्रिकेटमा उत्कृस्ट प्रदर्शन गरेपछि अस्थाई रुपमा २ बर्षको टि-२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो, उक्त समयमा पनि नेपालले नेदरल्याण्डसँग ४ खेलको सिरिज खेलेको थियो जुन घरेलु टिम नेदरल्याण्डले ३-१ ले आफ्नो पक्षमा पारेको थियो ।

नेदरल्याण्डले यसअघि सन् २०१३ मा दक्षिण अफ्रिका बिरुद्द एउटा एकदिवसीय खेलको आयोजना गरेको थियो ।

श्रोत: क्रिकबज

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]