चन्द्र बिसीको ६ विकेटका बाबजुत प्रदेश ६ पराजित

Chandra BC Bowling
  • विकेटनेपाल, जेठ १५ – मंगलबार

काठमाण्डौमा जारि अन्तर प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन आज किर्तिपुर मैदानमा भएको खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर ६ माथि ३ विकेटको रोमान्चक जित हासिल गरेको छ । (स्कोरकार्ड)

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर ६ ले निर्धारित ५० ओभरको खेलमा ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १७८ रनको योगफल बनाएको थियो ।  उसका लागि कप्तान रबिन्द्र जंग शाही र दिवस पुनले समान ५२/५२ रन तथा टेक सलामीले २६ रन र विजय बिस्टले १३ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बलिंगतर्फ प्रदेश ३ का जितेन्द्रसिंह ठकुरी र किशोर महतोले समान २/२ विकेट लिए भने रुपेश श्रीवास्तव, सागर ढकाल र आदील खानले पनि १/१ विकेट लिएका थिए ।

जवाफमा प्रदेश नम्बर ३ ले ३६.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।  उसको जितमा आदील खानले ३१ रन, संजय बस्नेतले २० रन र इशान पाण्डेले २३ रन बनाउँदा रुपेश श्रीवास्तवले अविजित ३९ रन र किशोर महतोले अविजित २५ रन बनाउँदै आठौँ विकेटको लागी ५६ रनको साझेदारी गरे भने अतिरिक्त ३८ रन प्राप्त गरेका थिए ।

Chandra BC
म्यान अफ दि म्याच चन्द्र बिसी

बलिंगतर्फ प्रदेश नम्बर ६ पराजित भएपनि म्यान अफ द म्याच घोषित भएका चन्द्र बिसीले ६ विकेट लिनेक्रममा १० ओभरमा १ मेडनसहित ४१ रन खर्चिएका थिए भने टेक सलामीको नाममा १ विकेट रह्यो ।

आजै मुलपानी मैदानमा भएको प्रदेश नम्बर २ र प्रदेश नम्बर ४ को खेलमा प्रदेश नम्बर २ का सन्जम रेग्मीले ५ विकेट तथा संसाद शेखले ४ विकेट लिएपछि प्रदेश नम्बर ४, ६७ रनले पराजित भयो । (समाचार)





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]