अंकितको कप्तानीमा श्रीकुल बिद्यालय यु१९ प्रतियोगिता खेल्न मलेसिया जाँदै

  • विकेटनेपाल, असार ९ – शनिबार

अंकित प्रताप सिंहको कप्तानीमा काठमाण्डौको श्रीकुल बिद्यालय मलेसियामा आयोजना हुन लागेको यु१९ एसियन डोमिनेटर कप प्रतियोगिता २०१८ मा सहभागी हुन आज मलेसिया प्रस्थान गर्दैछ।

जुन २५ देखि २९ तारिख सम्म चल्ने प्रतियोगितामा भारत, बंगलादेश, आयोजक मलेसिया र नेपालका एकएक टिमको सहभागिता रहने जनाईएको छ। मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगिताको लागि नेपालको प्रतिनिधित्व गर्ने श्रीकुल बिद्यालयले १२ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना टिम ब्यबस्थापक सहितको टिम सार्बजनिक गरेको छ।

श्रीकुल बिद्यालय टिम: अंकित प्रताप सिंह (कप्तान), मणिरत्न कुमार शाह (उपकप्तान), सबिन बोगटी, निश्चल रोक्का, सुभम ज्ञवाली, मनिष सिंह, दिपेन्द्र शाही, उपेन्द्र शाही, आशुतोष घरिया, युवराज ओली, युवराज रिमाल, जगदीश सिंह दुलाल (विकेट-किपर), धर्मशुन्दर शाक्य (प्रशिक्षक), रबिन्द्र गुप्ता (टिम ब्यबस्थापक)

श्रीकुल बिद्यालयका कप्तान अंकित प्रताप सिंहका अनुसार टि-२० फर्म्याटमा खेलिने प्रतियोगितामा सहभागी हुन टिम आज राति ९:४५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।





थप समाचार

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]