अंकितको कप्तानीमा श्रीकुल बिद्यालय यु१९ प्रतियोगिता खेल्न मलेसिया जाँदै

  • विकेटनेपाल, असार ९ – शनिबार

अंकित प्रताप सिंहको कप्तानीमा काठमाण्डौको श्रीकुल बिद्यालय मलेसियामा आयोजना हुन लागेको यु१९ एसियन डोमिनेटर कप प्रतियोगिता २०१८ मा सहभागी हुन आज मलेसिया प्रस्थान गर्दैछ।

जुन २५ देखि २९ तारिख सम्म चल्ने प्रतियोगितामा भारत, बंगलादेश, आयोजक मलेसिया र नेपालका एकएक टिमको सहभागिता रहने जनाईएको छ। मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगिताको लागि नेपालको प्रतिनिधित्व गर्ने श्रीकुल बिद्यालयले १२ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना टिम ब्यबस्थापक सहितको टिम सार्बजनिक गरेको छ।

श्रीकुल बिद्यालय टिम: अंकित प्रताप सिंह (कप्तान), मणिरत्न कुमार शाह (उपकप्तान), सबिन बोगटी, निश्चल रोक्का, सुभम ज्ञवाली, मनिष सिंह, दिपेन्द्र शाही, उपेन्द्र शाही, आशुतोष घरिया, युवराज ओली, युवराज रिमाल, जगदीश सिंह दुलाल (विकेट-किपर), धर्मशुन्दर शाक्य (प्रशिक्षक), रबिन्द्र गुप्ता (टिम ब्यबस्थापक)

श्रीकुल बिद्यालयका कप्तान अंकित प्रताप सिंहका अनुसार टि-२० फर्म्याटमा खेलिने प्रतियोगितामा सहभागी हुन टिम आज राति ९:४५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy