मलेसियामा सागर पुनको राम्रो सुरुवात, क्वालालम्पुर ९ विकेटले विजयी

  • विकेटनेपाल, असार २३ – शनिबार

मलेसियामा जारि मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेका सागर पुन र आशिफ शेखको टिम क्वालालम्पुरले ९ विकेटको जित हात पारेको छ। पहिलो खेलमा जित दिलाउन नेपाली खेलाडीहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

टस हारेर पहिले ब्याटिंग गरेको बिपक्षी टिम पेनांगले निर्धारित ५० ओभरको खेलमा ३०.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको मात्र योगफल बनाउन सकेको थियो। उसका लागि यासिर नाजिरले सर्बाधिक ४० रन तथा अतिरिक्त १८ रन बनाएपनि क्वालालम्पुरका म्यान अफ द म्याच समेत घोषित सयेद ऐजाज़ले ४ विकेट लिन ७ ओभरमा मात्र २८ रन खर्चेपछी टिम धरासायी बनेको थियो। यस्तै पवन्दीप   सिंहले २ विकेट लिए भने सागर पुनले ४   ओभरमा १९ रन खर्चे।

अंकतालिका

आशिफ शेखले विकेटकिपर को भूमिका निर्वाह गर्नेक्रममा ३ क्याच लिए।

जवाफमा ११२ रनको सामान्य लक्ष्य पछ्याएको क्वालालम्पुरका लागि प्रधानमन्त्री कप क्रिकेटमा म्यान अफ द म्याच चुनिएका सागर पुनले ६६ रन प्रहार गर्नेक्रममा ४२ बलमा १० चौका र ३ छक्का प्रहार गरेपछि मात्र १६.३ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो। यस्तै सैफुल्लाह मल्लिकले अविजित ३४ रन तथा अहमद फैज़ले अविजित ४ रन बनाए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]