मलेसियामा सागर पुनको राम्रो सुरुवात, क्वालालम्पुर ९ विकेटले विजयी

  • विकेटनेपाल, असार २३ – शनिबार

मलेसियामा जारि मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेका सागर पुन र आशिफ शेखको टिम क्वालालम्पुरले ९ विकेटको जित हात पारेको छ। पहिलो खेलमा जित दिलाउन नेपाली खेलाडीहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

टस हारेर पहिले ब्याटिंग गरेको बिपक्षी टिम पेनांगले निर्धारित ५० ओभरको खेलमा ३०.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको मात्र योगफल बनाउन सकेको थियो। उसका लागि यासिर नाजिरले सर्बाधिक ४० रन तथा अतिरिक्त १८ रन बनाएपनि क्वालालम्पुरका म्यान अफ द म्याच समेत घोषित सयेद ऐजाज़ले ४ विकेट लिन ७ ओभरमा मात्र २८ रन खर्चेपछी टिम धरासायी बनेको थियो। यस्तै पवन्दीप   सिंहले २ विकेट लिए भने सागर पुनले ४   ओभरमा १९ रन खर्चे।

अंकतालिका

आशिफ शेखले विकेटकिपर को भूमिका निर्वाह गर्नेक्रममा ३ क्याच लिए।

जवाफमा ११२ रनको सामान्य लक्ष्य पछ्याएको क्वालालम्पुरका लागि प्रधानमन्त्री कप क्रिकेटमा म्यान अफ द म्याच चुनिएका सागर पुनले ६६ रन प्रहार गर्नेक्रममा ४२ बलमा १० चौका र ३ छक्का प्रहार गरेपछि मात्र १६.३ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो। यस्तै सैफुल्लाह मल्लिकले अविजित ३४ रन तथा अहमद फैज़ले अविजित ४ रन बनाए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy