अमेरिकामा वासिंगटन लिग खेल्दै शरद

  • विकेटनेपाल, असार २५ – सोमबार

जुलाई २९ तारिखमा क्रिकेटको मक्का मानिने लर्ड्स क्रिकेट मैदानमा आयोजक एमसिसी र नेदरल्याण्ड समेत गरि त्रिकोणात्मक टि२० सिरिज तथा त्यसको ३ दिनपछी नेदरल्याण्ड बिरुद्द ऐतिहासिक एकदिवसीय सिरिज खेल्ने नेपाली टिमको यतिबेला टियु मैदानमा अभ्यासमा ब्यस्त रहेको छ।

बन्द सत्रको लागि प्रारम्भिक चरणको २० सदस्यीय टिममा रहेका शरद भेसावकर भने नेपाली टिमसंगै अभ्यासमा उपस्थित छैनन्। शरद मार्चमा जिम्बाबेमा सम्पन्न आईसीसी बिश्वकप छनौट प्रतियोगिता पछि उतैबाट अमेरिका लागेका थिए। अमेरिका पुगे लगत्तै छोराको बाबु बनेका उनि अमेरिकाबाट सिधै इंग्ल्याण्ड आउने सम्भावना रहेको छ।

टिमसंगै अभ्यास नगरे पनि शरद क्रिकेटबाट टाढा भने छैनन्। उनि अमेरिकामा भइरहेको वासिंगटन क्रिकेट लिगमा सहभागी भइरहेका छन्। शरदले सामाजिक संजालमा पोस्ट गर्दै आफु अमेरिकामा नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तयारी गरिरहेको बताएका छन्।

 

शरद भेसावकरले सोमबार बिहान पोस्ट राख्दै नेपाली क्रिकेट टिमका पुर्व-प्रशिक्षक तथा बर्तमान अमेरिकाका प्रशिक्षक पुबुदु दासानायाकेको सहयोगमा आफु अमेरिकाको घरेलु क्रिकेट प्रतियोगिता वासिंगटन क्रिकेट लिग खेलेको बताएका छन्। प्रतियोगितामा शरदसंगै मोहम्मद आसिफ, सलमान बट, रस्टी थेरोन जस्ता अन्तर्राष्ट्रिय क्रिकेटरहरु समेत खेलीरहेका छन्।

नेपाली टिमका भरपर्दा ब्याट्सम्यान भेसावकरको प्रदर्शन भने लिगमा केहि खास रहेको छैन। भर्जिनिया क्रिकेट क्लबको प्रतिनिधित्व प्रतिनिधित्व गरिरहेका उनले खेलेको पछील्लो २ खेलमा खाता नखोल्दै आउट हुनुपर्यो। पहिलो खेलमा ४ बलमा शुन्य रन बनाएका उनले बलिंगतर्फ ७ ओभरमा २८ रन खर्चेर कुनैपनि विकेट लिन सकेका थिएनन्। दोश्रो खेलमा पनि ३ बलको सामना गर्दै खाता नखोली फर्केका शरदले बलिंगतर्फ २ ओभरमा ३१ रन खर्चिदै महँगो साबित हुँदा १ विकेट लिएका थिए।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy