अमेरिकामा वासिंगटन लिग खेल्दै शरद

Sharad Vesawkar
  • विकेटनेपाल, असार २५ – सोमबार

जुलाई २९ तारिखमा क्रिकेटको मक्का मानिने लर्ड्स क्रिकेट मैदानमा आयोजक एमसिसी र नेदरल्याण्ड समेत गरि त्रिकोणात्मक टि२० सिरिज तथा त्यसको ३ दिनपछी नेदरल्याण्ड बिरुद्द ऐतिहासिक एकदिवसीय सिरिज खेल्ने नेपाली टिमको यतिबेला टियु मैदानमा अभ्यासमा ब्यस्त रहेको छ।

बन्द सत्रको लागि प्रारम्भिक चरणको २० सदस्यीय टिममा रहेका शरद भेसावकर भने नेपाली टिमसंगै अभ्यासमा उपस्थित छैनन्। शरद मार्चमा जिम्बाबेमा सम्पन्न आईसीसी बिश्वकप छनौट प्रतियोगिता पछि उतैबाट अमेरिका लागेका थिए। अमेरिका पुगे लगत्तै छोराको बाबु बनेका उनि अमेरिकाबाट सिधै इंग्ल्याण्ड आउने सम्भावना रहेको छ।

टिमसंगै अभ्यास नगरे पनि शरद क्रिकेटबाट टाढा भने छैनन्। उनि अमेरिकामा भइरहेको वासिंगटन क्रिकेट लिगमा सहभागी भइरहेका छन्। शरदले सामाजिक संजालमा पोस्ट गर्दै आफु अमेरिकामा नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तयारी गरिरहेको बताएका छन्।

 

शरद भेसावकरले सोमबार बिहान पोस्ट राख्दै नेपाली क्रिकेट टिमका पुर्व-प्रशिक्षक तथा बर्तमान अमेरिकाका प्रशिक्षक पुबुदु दासानायाकेको सहयोगमा आफु अमेरिकाको घरेलु क्रिकेट प्रतियोगिता वासिंगटन क्रिकेट लिग खेलेको बताएका छन्। प्रतियोगितामा शरदसंगै मोहम्मद आसिफ, सलमान बट, रस्टी थेरोन जस्ता अन्तर्राष्ट्रिय क्रिकेटरहरु समेत खेलीरहेका छन्।

नेपाली टिमका भरपर्दा ब्याट्सम्यान भेसावकरको प्रदर्शन भने लिगमा केहि खास रहेको छैन। भर्जिनिया क्रिकेट क्लबको प्रतिनिधित्व प्रतिनिधित्व गरिरहेका उनले खेलेको पछील्लो २ खेलमा खाता नखोल्दै आउट हुनुपर्यो। पहिलो खेलमा ४ बलमा शुन्य रन बनाएका उनले बलिंगतर्फ ७ ओभरमा २८ रन खर्चेर कुनैपनि विकेट लिन सकेका थिएनन्। दोश्रो खेलमा पनि ३ बलको सामना गर्दै खाता नखोली फर्केका शरदले बलिंगतर्फ २ ओभरमा ३१ रन खर्चिदै महँगो साबित हुँदा १ विकेट लिएका थिए।

 





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]