रोबिन सिंहले अन्तिम बलमा छक्का ! हिर्काउदा बोदे बर्साइनको रोमान्चक जित

  • विकेटनेपाल, ३१ असार – सप्तरी 

अन्तिम बलमा ५ रन आवस्यक रहंदा रोबिन सिंहले छक्का प्रहार गर्दै चमत्कारिक जित दिलाएपछि तिलाठी कोइलाडीलाई बोदे बर्साइनले ५ विकेटले पराजित गरेको छ।

मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत चौथो खेलमा टस जितेर ब्याटिंग गर्दै तिलाठी कोइलाडीले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा बोदे बर्साइनलाई खेल जित्न ७ रन आवस्यक थियो। अन्तिम ओभर बलिङ्ग गर्दै थिए रासिद खान जसको ओभरको पहिलो बलमा श्रवन यादब रन आउट हुँदा ५ बलमा जित्न ७ रन बाँकी थियो। त्यसपछि राशिदले लगातार २ बलमा रन दिएनन् भने त्यसपछि चौथो र पाँचौ बलमा १/१ रन बाईको रुपमा रासिदले खर्चिंदा अन्तिम बलमा जितको लागि ५ रन चाहिएको अवस्थामा बोदे बर्साइन पुग्यो।अन्तिम बलमा स्ट्राईकमा थिए रोबिन सिंह जसले रासिदको लेन्थ बललाई अगाडी बढेर डिप-मिड विकेटको माथिबाट छक्का प्रहार गर्दै अपत्यारिलो जित दिलाएका थिए।

पहिले ब्याटिंग गर्ने क्रममा तिलाठी कोइलाडीका कप्तान मेहबुब आलमले आक्रामक ब्याटिंग गर्दै ७६ रन बनाएका थिए जुन क्रममा मात्र ४८ बलमा ८ छक्का र ५ चौका प्रहार गरे। यस्तै राहुल मण्डलले २६ रन तथा राशिद खानले १६ रन योगदान दिए।  ओपनिङ्ग ब्याटिंग गरेका मेहबुब र राहुलले पहिलो विकेटको लागि १४.३ ओभरमा ११० रनको साझेदारी गरेका थिए। तिलाठीले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। बोदे बर्साइनका बलर नन्दन झाले ३ तथा सन्दिप ढुंगानाले २ विकेट हात पारे।

बोदे बर्साइनले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्यो र ५ विकेटको जित दर्ता गर्यो। उसको लागि ओपनिङ्ग ब्याटिंग गरेका सन्दिप ढुंगानाले ४० रन, अंकित सुबेदीले ४५ रन तथा सिद्धान्त लोहनीले ४४ रन बनाए। सन्दिपले ३० बलमा ४ चौका र २ छक्का, अंकितले ३८ बलमा ४ चौका र २ छक्का तथा सिद्धान्तले ३५ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

Mehboob Alam
Mehboob Alam

खेलको म्यान अफ द म्याच सिद्धान्त लोहनी र अंकित सुबेदी संयुक्त रुपमा घोषित भए जसले रु. १ हजार ५०० प्राप्त गरे। बिजेता खेलाडहरु लाई राजविराज नगरपालिकाका प्रशाशकिय अधिकृत चन्द्र बहादुर कार्कीले पुरस्कार प्रदान गर्नुभयो।

प्रतियोगितामा तिलाठी कोइलाडीले ३ खेलमा लगातार तेश्रो हार बेहोरेको छ जसपछि फाईनल पुग्ने सम्भावना सकिएको छ भने बोदे बर्साइन र खडक वारियर्स फाईनल पुग्ने पक्का भएको छ। ३ खेल खेलेको बोदेले २ जित र १ हार बेहोरेको छ भने २ खेल खेलेको बजाज खडक वारियर्सले दुवै जित हात पारेको छ।

सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको पाँचौ खेलमा सोमबार बोदे बर्साइन थन्डर्स र बजाज खडक वरियर्स प्रतिस्पर्धा गर्नेछन्।

Man of the match Siddhant Lohani & Ankit Subedi
Man of the match Siddhant Lohani & Ankit Subedi




थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]