बिबेकको अल-राउण्ड योगदानमा वारियर्सको लगातार तेश्रो जित

  • विकेटनेपाल, ३२ असार

सप्तरीमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको खेलमा बजाज खडक वारियर्सले बोदे बर्साइन थन्डर्सलाई ६ विकेटले पराजित गरेको छ।  स्कोरकार्ड , अंकतालिका 

प.बि. स्कुल मैदानमा सम्पन्न लिगको पाँचौ खेलमा टस जितेर ब्याटिंग गरेको बोदे बर्साइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो। उसको लागि बिक्रम भुसालले सर्वाधिक २६ रन, अंकित सुबेदीले १५ तथा सन्दिप ढुंगानाले १० रन योगदान दिए। खडक वरियर्सका बलर उपेन्द्र रोय र बिबेक यादबले समान २/२ विकेट लिए।

९४ रनको लक्ष्य वारियर्सले १८.१ ओभरमा भेटायो। १५.५ ओभरमा ६७ रनको  स्कोरमा महत्वपूर्ण माथिल्लो ४ जना ब्याट्सम्यानहरु गुमाएको अवस्थामा कप्तान बिबेक यादब र फिर्दोश अन्सारीले पाँचौ विकेटको लागि २७ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाएका थिए।

अनुभवि ब्याट्सम्यानहरु हरिशंकर साह ७, हसिम अन्सारी ७ तथा पुस्प थापा ११ रन मात्र बनाएर आउट भए जसपछि म्यान अफ द  म्याच समेत चुनिएका बिबेकले अविजित  १९ रन बनाउन २ चौका  तथा फिर्दोशले १७ रन बनाउन १ छक्का र १ चौका प्रहार गरे। यस अघि ओपनिङ्ग ब्याटिंग गरेका प्रशान्त राईले ३१ रन बनाएका थिए जुन क्रममा १ छक्का र २ चौका प्रहार गरेका थिए। बोदेका बलर नन्दन झाले सर्वाधिक २ विकेट लिए।

३ टिम सहभागी प्रतियोगितामा यो बजाज खडक वारियर्सको तेश्रो खेलमा लगातार तेश्रो जित हो। लिगको मंगलबार अन्तिम खेल तिलाठी कोइलाडीसंग खेल्न बाँकी रहँदै शिर्ष स्थान खडक वारियर्सले ओगट्ने पक्का भएको छ। ४ खेल खेल्दा २ जित र २ हार बेहोरेको बोदे बर्साइनले मंगलबार वारियर्ससंगको फाईनल खेल पक्का गरिसकेको छ। वारियर्ससंग मंगलबार हुने खेल अघिनै लगातार तेश्रो हार बेहोर्दै मेहबुब आलमको टिम तिलाठी कोइलाडी फाईनल रेसबाट बाहिर भइसकेको छ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]