बिबेकको अल-राउण्ड योगदानमा वारियर्सको लगातार तेश्रो जित

  • विकेटनेपाल, ३२ असार

सप्तरीमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको खेलमा बजाज खडक वारियर्सले बोदे बर्साइन थन्डर्सलाई ६ विकेटले पराजित गरेको छ।  स्कोरकार्ड , अंकतालिका 

प.बि. स्कुल मैदानमा सम्पन्न लिगको पाँचौ खेलमा टस जितेर ब्याटिंग गरेको बोदे बर्साइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो। उसको लागि बिक्रम भुसालले सर्वाधिक २६ रन, अंकित सुबेदीले १५ तथा सन्दिप ढुंगानाले १० रन योगदान दिए। खडक वरियर्सका बलर उपेन्द्र रोय र बिबेक यादबले समान २/२ विकेट लिए।

९४ रनको लक्ष्य वारियर्सले १८.१ ओभरमा भेटायो। १५.५ ओभरमा ६७ रनको  स्कोरमा महत्वपूर्ण माथिल्लो ४ जना ब्याट्सम्यानहरु गुमाएको अवस्थामा कप्तान बिबेक यादब र फिर्दोश अन्सारीले पाँचौ विकेटको लागि २७ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाएका थिए।

अनुभवि ब्याट्सम्यानहरु हरिशंकर साह ७, हसिम अन्सारी ७ तथा पुस्प थापा ११ रन मात्र बनाएर आउट भए जसपछि म्यान अफ द  म्याच समेत चुनिएका बिबेकले अविजित  १९ रन बनाउन २ चौका  तथा फिर्दोशले १७ रन बनाउन १ छक्का र १ चौका प्रहार गरे। यस अघि ओपनिङ्ग ब्याटिंग गरेका प्रशान्त राईले ३१ रन बनाएका थिए जुन क्रममा १ छक्का र २ चौका प्रहार गरेका थिए। बोदेका बलर नन्दन झाले सर्वाधिक २ विकेट लिए।

३ टिम सहभागी प्रतियोगितामा यो बजाज खडक वारियर्सको तेश्रो खेलमा लगातार तेश्रो जित हो। लिगको मंगलबार अन्तिम खेल तिलाठी कोइलाडीसंग खेल्न बाँकी रहँदै शिर्ष स्थान खडक वारियर्सले ओगट्ने पक्का भएको छ। ४ खेल खेल्दा २ जित र २ हार बेहोरेको बोदे बर्साइनले मंगलबार वारियर्ससंगको फाईनल खेल पक्का गरिसकेको छ। वारियर्ससंग मंगलबार हुने खेल अघिनै लगातार तेश्रो हार बेहोर्दै मेहबुब आलमको टिम तिलाठी कोइलाडी फाईनल रेसबाट बाहिर भइसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy