पारस खड्काको आक्रामक शतकमा नेपालको बिशाल स्कोर

Paras Khadka Half century
  • विकेटनेपाल – ५ श्रावण, शनिवार

यही जुलाई २९ तारिखमा नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लबसंग त्रिकोणात्मक टि-२० सिरिज र त्यसपछि अगस्ट १ र ३ तारिखमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तरास्ट्रिय खेल्न इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा ह्याम्पसायर हग्स क्रिकेट क्लबसंग प्रतिस्पर्धा गरिरहेको छ।

|| स्कोरकार्ड ||

पहिलो अभ्यास खेल अन्तर्गत टस जितेर ब्याटिंग रोजेको नेपालले ३६२ रनको बिशाल योगफल तयार गरेको छ। सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन र अनिल कुमार साहलाई बिश्राम दिएर मैदान उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६२ रन जोडेपछि ह्याम्सर हग्सले ३६३ रनको बिजय लक्ष्य पाएको हो। नेपालको इनिंगमा पारस खड्काले आक्रमक पारि खेल्दै १६१ रन बनाएका हुन्। ओपनर ज्ञानेन्द्र मल्ल व्यक्तिगत ५ रन बनाएर चाडैं पभेलियन फर्किएपछि ब्याटिंगमा उत्रिएका पारस खड्काले १९ चौका र ७ छक्का प्रहार गरेका हुन्। नेपाली ब्याटिंगलाई सम्हाल्ने क्रममा पारस खड्काले सुरुवातमा सरद भेष्वाकरसंग तथा त्यसपछि दिपेन्द्र सिंह ऐरीसंग साझेदारी गरेका थिए।

यस्तै नेपालको ब्याटिंगमा रोहित कुमार पौडेलले अन्त्यतर्फ बिष्फोटक ब्याटिंग गर्दै मात्र ३४ बलमा ४४ रन जोड्न सफल भए। यस्तै दिपेन्द्र सिंह ऐरीले ४६ बलमा ३७ रनको योगदान दिंदा आरिफ शेखले २७  तथा करण केसीले १८ रनको व्यक्तिगत योगदान गरेका हुन्।

सन् १८७७ मा स्थापित ह्याम्सर हग्समा ४०० भन्दा धेरै सदस्य रहेका छन् र एमसीसी लगायात बिभिन्न क्लब र अन्य देशका टोलिबिरुद्ध खेल खेल्दै आएको छ।

तर ह्याम्सर हग्सले सन् १९८० को दशकमा न्युजिल्यान्डसँग खेलेपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय मान्यता प्राप्त टिमसँग खेल्नलागेकोले आफुसँग उपलब्ध भएको सबैभन्दा बलियो टिम मैदानमा उतार्ने जनाएको थियो।

 





थप समाचार

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् । […]

यसरी छानिएका थिए विश्वकप खेल्ने २० राष्ट्र…

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा पहिलो पटक २० देशबीच प्रतिस्पर्धा हुदैछ […]

फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट […]

फाइनल प्रवेशका लागि कोलकाता र हैदराबाद खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेशका लागि कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदराबाद खेल्दै […]

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]