नेपालको बिशाल जितमा पारस र ललित उत्कृस्ट

Lalit Rajbanshi, Paras Khadka

यही जुलाई २९ तारिखमा नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लबसंग त्रिकोणात्मक टि-२० सिरिज र त्यसपछि अगस्ट १ र ३ तारिखमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तरास्ट्रिय खेल्न इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा ह्याम्पसायर हग्स क्रिकेट क्लबसंगलाई २४३ रनको बिशाल अन्तरले पराजित गरेको छ । || स्कोरकार्ड ||

अभ्यास खेल अन्तर्गत टस जितेर ब्याटिंग रोजेको नेपालले ३६२ रनको बिशाल योगफल तयार गरेको थियो। सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन र अनिल कुमार साहलाई बिश्राम दिएर मैदान उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६२ रन जोडेको थियो।

नेपालको इनिंगमा पारस खड्काले आक्रमक पारि खेल्दै १६१ रन बनाए। ओपनर ज्ञानेन्द्र मल्ल व्यक्तिगत ५ रन बनाएर चाडैं पभेलियन फर्किएपछि ब्याटिंगमा उत्रिएका पारस खड्काले १९ चौका र ७ छक्का प्रहार गरे। नेपाली ब्याटिंगलाई सम्हाल्ने क्रममा पारस खड्काले सुरुवातमा शरद भेसावकरसंग तथा त्यसपछि दिपेन्द्र सिंह ऐरीसंग साझेदारी गरेका थिए।

यस्तै नेपालको ब्याटिंगमा रोहित कुमार पौडेलले अन्त्यतर्फ बिष्फोटक ब्याटिंग गर्दै मात्र ३४ बलमा ४४ रन जोड्न सफल भए। यस्तै दिपेन्द्र सिंह ऐरीले ४६ बलमा ३७ रनको योगदान दिंदा आरिफ शेखले २७  तथा करण केसीले १८ रनको व्यक्तिगत योगदान गरे।

३६३ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा स्थानीय टिम ११९ रनमै समेटिन पुग्यो। ललित राजबंशी एक्लैले ५ विकेट तथा सन्दिप लामिछाने र दिपेन्द्र ऐरिले २/२ विकेट लिएपछि हग्स निरिह बन्न पुग्यो। राजबंशीले १० ओभरमा  ३४ रन खर्चिंदा ४ मेडन ओभर फाले। हग्सको लागि ह्यारी फ़िशरले सर्वाधिक ३३ तथा टम बाउचरले २२ रन योगदान दिए।

नेपालले दोश्रो अभ्यास खेलमा मंगलबार सेन्ट क्रस क्लबसंग टि-२० खेल खेल्ने कार्यक्रम  रहेकोछ। यस्तै जुलाई २५ मा इस्ट लन्डन ११ संग एउटा ५० ओभर र २६ जुलाईमा इस्ट लन्डन शार्क्ससंग एउटा टि-२० खेल्ने कार्यक्रम रहेको छ।

 





थप समाचार

कोलकातासामु हैदराबादको चलेन ब्याटिङ, १५९ रनमा नै अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स […]

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् । […]

यसरी छानिएका थिए विश्वकप खेल्ने २० राष्ट्र…

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा पहिलो पटक २० देशबीच प्रतिस्पर्धा हुदैछ […]

फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट […]

फाइनल प्रवेशका लागि कोलकाता र हैदराबाद खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेशका लागि कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदराबाद खेल्दै […]

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]