नेपालको बिशाल जितमा पारस र ललित उत्कृस्ट

यही जुलाई २९ तारिखमा नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लबसंग त्रिकोणात्मक टि-२० सिरिज र त्यसपछि अगस्ट १ र ३ तारिखमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तरास्ट्रिय खेल्न इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा ह्याम्पसायर हग्स क्रिकेट क्लबसंगलाई २४३ रनको बिशाल अन्तरले पराजित गरेको छ । || स्कोरकार्ड ||

अभ्यास खेल अन्तर्गत टस जितेर ब्याटिंग रोजेको नेपालले ३६२ रनको बिशाल योगफल तयार गरेको थियो। सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन र अनिल कुमार साहलाई बिश्राम दिएर मैदान उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६२ रन जोडेको थियो।

नेपालको इनिंगमा पारस खड्काले आक्रमक पारि खेल्दै १६१ रन बनाए। ओपनर ज्ञानेन्द्र मल्ल व्यक्तिगत ५ रन बनाएर चाडैं पभेलियन फर्किएपछि ब्याटिंगमा उत्रिएका पारस खड्काले १९ चौका र ७ छक्का प्रहार गरे। नेपाली ब्याटिंगलाई सम्हाल्ने क्रममा पारस खड्काले सुरुवातमा शरद भेसावकरसंग तथा त्यसपछि दिपेन्द्र सिंह ऐरीसंग साझेदारी गरेका थिए।

यस्तै नेपालको ब्याटिंगमा रोहित कुमार पौडेलले अन्त्यतर्फ बिष्फोटक ब्याटिंग गर्दै मात्र ३४ बलमा ४४ रन जोड्न सफल भए। यस्तै दिपेन्द्र सिंह ऐरीले ४६ बलमा ३७ रनको योगदान दिंदा आरिफ शेखले २७  तथा करण केसीले १८ रनको व्यक्तिगत योगदान गरे।

३६३ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा स्थानीय टिम ११९ रनमै समेटिन पुग्यो। ललित राजबंशी एक्लैले ५ विकेट तथा सन्दिप लामिछाने र दिपेन्द्र ऐरिले २/२ विकेट लिएपछि हग्स निरिह बन्न पुग्यो। राजबंशीले १० ओभरमा  ३४ रन खर्चिंदा ४ मेडन ओभर फाले। हग्सको लागि ह्यारी फ़िशरले सर्वाधिक ३३ तथा टम बाउचरले २२ रन योगदान दिए।

नेपालले दोश्रो अभ्यास खेलमा मंगलबार सेन्ट क्रस क्लबसंग टि-२० खेल खेल्ने कार्यक्रम  रहेकोछ। यस्तै जुलाई २५ मा इस्ट लन्डन ११ संग एउटा ५० ओभर र २६ जुलाईमा इस्ट लन्डन शार्क्ससंग एउटा टि-२० खेल्ने कार्यक्रम रहेको छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy