एसिया कप छनौटमा नेपालको पहिलो भेट ओमानसंग, हेर्नुस कोसंग कहिले खेल्दैछ नेपाल

Nepal Asia Cup Qualifier
  • विकेटनेपाल , साउन ११ – शुक्रबार 

एसियन क्रिकेट काउन्सिल एसीसीले मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।

Nepal Cricket Team
Nepal Cricket Team

एसिया कप छनौटमा नेपालले आफ्नो पहिलो खेल २९ अगस्टमा ओमानसंग बायुमास ओभल मैदानमा खेल्नेछ। यस्तै दोश्रो खेल ३० अगस्टमा युएईसंग किनरारा ओभल मैदानमा, तेश्रो खेल १ सेप्टेम्बरमा मलेसियासंग बायुमास ओभलमा,  चौथो खेल २ सेप्टेम्बरमा सिंगापुरसंग युकेएम ओभल मैदानमा तथा अन्तिम खेल हंगकंगसंग ४ सेप्टेम्बरमा खेल्ने कार्यक्रम रहेको छ।

सहभागी ६ देशले एक-अर्कासंग १/१ खेल खेलीसकेपछि लिगको बिजेता र उपविजेताले ६ सेप्टेम्बरमा किनरारा ओभल मैदानमा फाईनल खेल खेल्नेछन् जसको बिजेता एसिया कप खेल्न छनौट हुनेछ।

नेपालको खेल तालिका :- 

२९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान )
३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान )
१ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान )
२ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान )
४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान )
६ सेप्टेम्बर – फाईनल  ( किनरारा ओभल मैदान )

( नोट – १. खेल ५० ओभरको हुनेछ २. सम्पूर्ण खेल मलेसियन समय १० बजे बिहान अर्थात् नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ )





थप समाचार

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् । […]

यसरी छानिएका थिए विश्वकप खेल्ने २० राष्ट्र…

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा पहिलो पटक २० देशबीच प्रतिस्पर्धा हुदैछ […]

फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट […]

फाइनल प्रवेशका लागि कोलकाता र हैदराबाद खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेशका लागि कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदराबाद खेल्दै […]

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]