एसिया कप छनौटमा नेपालको पहिलो भेट ओमानसंग, हेर्नुस कोसंग कहिले खेल्दैछ नेपाल

  • विकेटनेपाल , साउन ११ – शुक्रबार 

एसियन क्रिकेट काउन्सिल एसीसीले मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।

Nepal Cricket Team
Nepal Cricket Team

एसिया कप छनौटमा नेपालले आफ्नो पहिलो खेल २९ अगस्टमा ओमानसंग बायुमास ओभल मैदानमा खेल्नेछ। यस्तै दोश्रो खेल ३० अगस्टमा युएईसंग किनरारा ओभल मैदानमा, तेश्रो खेल १ सेप्टेम्बरमा मलेसियासंग बायुमास ओभलमा,  चौथो खेल २ सेप्टेम्बरमा सिंगापुरसंग युकेएम ओभल मैदानमा तथा अन्तिम खेल हंगकंगसंग ४ सेप्टेम्बरमा खेल्ने कार्यक्रम रहेको छ।

सहभागी ६ देशले एक-अर्कासंग १/१ खेल खेलीसकेपछि लिगको बिजेता र उपविजेताले ६ सेप्टेम्बरमा किनरारा ओभल मैदानमा फाईनल खेल खेल्नेछन् जसको बिजेता एसिया कप खेल्न छनौट हुनेछ।

नेपालको खेल तालिका :- 

२९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान )
३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान )
१ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान )
२ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान )
४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान )
६ सेप्टेम्बर – फाईनल  ( किनरारा ओभल मैदान )

( नोट – १. खेल ५० ओभरको हुनेछ २. सम्पूर्ण खेल मलेसियन समय १० बजे बिहान अर्थात् नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy