डीएभीलाई इन्टर स्कुल इन्डोरको उपाधि

  • विकेटनेपाल, साउन २८ 

रोयल इन्डोर इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि डीएभी स्कुल ( जावलाखेल ) ले जितेको छ। गोल्फुटार स्थित रोयल इन्डोरमा सम्पन्न फाइनल खेलमा डीएभीले ग्यालेक्सी पब्लिक स्कुललाई ६ रनले पराजित गर्यो। बिजयी टिमले ट्रफी प्राप्त गर्यो ।

फाइनलमा टस जितेर पहिले बलिङ्ग रोजेपछि ब्याटिंग गरेको डिएभीले निर्धारित १२ ओभरमा २ विकेट गुमाएर ९१ रनको योगफल तयार गरेको थियो। डीएभीको लागि ओपनिङ्ग ब्याटिंग गरेका रोनक गोयलले ४३ तथा चिराग अग्रवालले २३ रन योगदान दिए भने बलिङ्गतर्फ ग्यालेक्सीका असिम केसीले २ विकेट लिए।

९२ रनको लक्ष्य पछ्याउने क्रममा ग्यालेक्सीले सम्पूर्ण विकेट गुमाएर ८५ रन मात्रै बनाउन सकेपछि खेल रोमान्चक ६ रनको अन्तरले हार्यो। ग्यालेक्सीको लागि सुबाश यादबले सर्वाधिक ५८ तथा दावा शेर्पाले ११ रन बनाए। डीएभी बलर आशिष शाहले सर्वाधिक २ विकेट तथा प्रभात चतुर्बेदी, अर्पित खेतानखेतान र शिखर बोथराले समान १ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी र उत्कृस्ट बलर डीएभी स्कुलका शिखर बोथरा घोषित भए। फाइनल खेलको प्लेयर अफ द म्याच सुबाश ग्यालेक्सीका सुबास यादब घोषित भए।

कुल २० टोलि सहभागी भएको प्रतियोगिता साउन २१ देखि सुरु भएको थियो।





थप समाचार

ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । एक खेल अगाबै फाइनल […]

विश्वकपमा नेपालको ऐतिहासिक पलहरु

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

लखनाउमाथि दिल्लीको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ६४ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्स विजयी भएको […]

दीपेन्द्रको सानदार ब्याटिङमा नेपालको जित

काठमाडौं । अलराउन्डर दीपेन्द्र सिंह ऐरीको सानदार फिनिसको सहयोगमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले […]

नेपालले पायो १९७ रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सबाट १ सय ९७ रनको लक्ष्य पाएको छ । […]

नेपाल बलिङ गर्दै, कुशल बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान […]