पोलार्डको शतकमा लुसियाले तोड्यो १४ खेलको जितबिहिन यात्रा – सिपिएल

  • विकेटनेपाल भदौ – २, शनिबार

कप्तान कायरन पोलार्डले विस्फोटक शतक प्रहार गरेपछि वेस्ट इन्डिजमा जारि क्यारेबियन प्रिमियर टि२० लिग (सिपिएल) अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा सेन्ट लुसिया स्टार्सले बार्बाडोस ट्रिडेन्ट्सलाई ३८ रनले पराजित गरेको छ । यो सँगै लुसियाले सन् २०१६ को सिजनपछी पहिलोपल्ट जित निकाल्नेक्रममा लगातार १४ औं खेलको जिताबिहीन यात्रालाई तोडेको छ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट लुसिया स्टार्सले कप्तान पोलार्डको आक्रामक १०४ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो। ५४ बलमा ६ चौका र ८ छक्का प्रहार गरेका पोलार्डले आन्द्रे फ्लेचरसँग चौथो विकेटको लागि १४८ रनको साझेदारी गरे। ८० रन बनाएका फ्लेचरले ५२ बलमा ६ चौका र समान छक्का प्रहार गरे।

टिमको तर्फबाट खाता खोलेका ३ जना खेलाडीमध्ये पोलार्ड र फ्लेचरसँगै रहेका अर्का रखीम कोर्नवालले ११ बलमा ३० रन बनाएका थिए। डेविड वार्नर, लेन्डल सिमोन्स र ड्यारेन स्यामी डक आउट भएका थिए।

बलिंगतर्फ बार्बाडोस ट्रिडेन्ट्सका लागि वहाब रियाजले ३ विकेट लिन ३५ रन तथा रेईमन रेइफेरले २ विकेट लिन ६७ रन खर्चिए। कप्तान जेसन होल्डरको नाममा १ विकेट रह्यो।

जवाफमा प्रतियोगिताको इतिहासमा सर्बाधिक धेरै रनको लक्ष्य पछ्याउने क्रममा बार्बाडोस ट्रिडेन्ट्सका ड्वाएन स्मिथले ५८ रनको पारि खेलेपनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाउन सक्यो। यस्तै स्टिव स्मिथले २८ रन, शाई होपले अविजित २५ रन, निकोलस पुरनले २३ रन बनाउँदा अतिरिक्त १८ रन प्राप्त गर्यो।

बलिंगतर्फ लुसिया स्टार्सका लागि ओबेय मेक्कोएले ३ विकेट लिन २८ रन तथा कोएसिस अहमदले २ विकेट लिन २९ रन खर्चेपछि बार्बाडोस जितबाट टाढा रह्यो।

खेलमा शतक प्रहार गरेका कायरन पोलार्ड म्यान अफ द म्याच घोषित भए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]