पोलार्डको शतकमा लुसियाले तोड्यो १४ खेलको जितबिहिन यात्रा – सिपिएल

  • विकेटनेपाल भदौ – २, शनिबार

कप्तान कायरन पोलार्डले विस्फोटक शतक प्रहार गरेपछि वेस्ट इन्डिजमा जारि क्यारेबियन प्रिमियर टि२० लिग (सिपिएल) अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा सेन्ट लुसिया स्टार्सले बार्बाडोस ट्रिडेन्ट्सलाई ३८ रनले पराजित गरेको छ । यो सँगै लुसियाले सन् २०१६ को सिजनपछी पहिलोपल्ट जित निकाल्नेक्रममा लगातार १४ औं खेलको जिताबिहीन यात्रालाई तोडेको छ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट लुसिया स्टार्सले कप्तान पोलार्डको आक्रामक १०४ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो। ५४ बलमा ६ चौका र ८ छक्का प्रहार गरेका पोलार्डले आन्द्रे फ्लेचरसँग चौथो विकेटको लागि १४८ रनको साझेदारी गरे। ८० रन बनाएका फ्लेचरले ५२ बलमा ६ चौका र समान छक्का प्रहार गरे।

टिमको तर्फबाट खाता खोलेका ३ जना खेलाडीमध्ये पोलार्ड र फ्लेचरसँगै रहेका अर्का रखीम कोर्नवालले ११ बलमा ३० रन बनाएका थिए। डेविड वार्नर, लेन्डल सिमोन्स र ड्यारेन स्यामी डक आउट भएका थिए।

बलिंगतर्फ बार्बाडोस ट्रिडेन्ट्सका लागि वहाब रियाजले ३ विकेट लिन ३५ रन तथा रेईमन रेइफेरले २ विकेट लिन ६७ रन खर्चिए। कप्तान जेसन होल्डरको नाममा १ विकेट रह्यो।

जवाफमा प्रतियोगिताको इतिहासमा सर्बाधिक धेरै रनको लक्ष्य पछ्याउने क्रममा बार्बाडोस ट्रिडेन्ट्सका ड्वाएन स्मिथले ५८ रनको पारि खेलेपनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाउन सक्यो। यस्तै स्टिव स्मिथले २८ रन, शाई होपले अविजित २५ रन, निकोलस पुरनले २३ रन बनाउँदा अतिरिक्त १८ रन प्राप्त गर्यो।

बलिंगतर्फ लुसिया स्टार्सका लागि ओबेय मेक्कोएले ३ विकेट लिन २८ रन तथा कोएसिस अहमदले २ विकेट लिन २९ रन खर्चेपछि बार्बाडोस जितबाट टाढा रह्यो।

खेलमा शतक प्रहार गरेका कायरन पोलार्ड म्यान अफ द म्याच घोषित भए।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy