अल्टिमेट कर्पोरेट इन्डोर क्रिकेट आयोजना हुने

  • विकेटनेपाल, भदौ ६ – बुधबार 

कोटेश्वर स्थित अल्टिमेट इन्डोर क्रिकेटको आयोजनामा पाँचौ संस्करणको कर्पोरेट इन्डोर क्रिकेट आयोजना हुने भएको छ।

अगस्ट २४ देखि सेप्टेम्बर १ सम्म आयोजना हुने प्रतियोगितामा कुल १५ वटा टिम सहभागी हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको छ। अल्टिमेट इन्डोरमा आयोजित एक कार्यक्रम माझ सहभागी टिमहरुको समुह बिभाजन समेत भएको छ।

अघिल्लो संस्करणको बिजेता सेन्चुरी ब्यांक सहित प्रतियोगितामा मुक्तिनाथ विकास ब्यांक, ई-सेवा,  मेघा ब्यांक, प्रभु म्यानेजमेन्ट, जनता ब्यांक, सानिमा हाइड्रो, सिटिजन्स ब्यांक, अन्नपूर्ण पोस्ट, माछापुच्छ्रे ब्यांक, डब्लुडब्लुएफ, एनएमबि ब्यांक, वर्ल्डलिंक, सेन्चुरी ब्यांक, श्री एअरलायन्स, एनआईबिएल एस क्यापिटल सहभागी हुनेछन्। विभाजित ४ वटा समुहको प्रत्येक समुहबाट उत्कृस्ट हुने २ वटा टिम क्वार्टरफाइनल प्रवेश गर्नेछन्।

समुह बिभाजन :-

समुह ‘ए’ – मुक्तिनाथ विकास ब्यांक, ईसेवा, मेघा ब्यांक, प्रभु म्यानेजमेन्ट, समुह ‘बि’ – जनता ब्यांक, सानिमा हाइड्रो, सिटिजन्स ब्यांक, अन्नपूर्ण पोस्ट , समुह ‘सी’ – माछापुच्छ्रे ब्यांक, डब्लुडब्लुएफ, एनएमबि ब्यांक, वर्ल्डलिंक, समुह ‘डी’ – सेन्चुरी ब्यांक, श्री एअरलायन्स, एनआईबिएल एस क्यापिटल


प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याच तथा मोमेन्ट अफ द म्याचको घोषणा हुने जसलाई बिशेष गिफ्ट ह्याम्पर प्रदान गरिने तथा प्रतियोगिताकै उत्कृस्ट खेलाडीले सिम्रिक एअरलायन्सको तर्फबाट पोखराको टु-वे टिकट प्राप्त गर्ने अल्टिमेट इन्डोरका संचालक कुशल बस्नेतले घोषणा गर्नुभयो। यस्तै बेस्ट ब्याट्सम्यान र बलरले पोखराको वान-वे टिकट प्राप्त गर्नेछन्।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]