अल्टिमेट कर्पोरेट इन्डोर क्रिकेट आयोजना हुने

  • विकेटनेपाल, भदौ ६ – बुधबार 

कोटेश्वर स्थित अल्टिमेट इन्डोर क्रिकेटको आयोजनामा पाँचौ संस्करणको कर्पोरेट इन्डोर क्रिकेट आयोजना हुने भएको छ।

अगस्ट २४ देखि सेप्टेम्बर १ सम्म आयोजना हुने प्रतियोगितामा कुल १५ वटा टिम सहभागी हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको छ। अल्टिमेट इन्डोरमा आयोजित एक कार्यक्रम माझ सहभागी टिमहरुको समुह बिभाजन समेत भएको छ।

अघिल्लो संस्करणको बिजेता सेन्चुरी ब्यांक सहित प्रतियोगितामा मुक्तिनाथ विकास ब्यांक, ई-सेवा,  मेघा ब्यांक, प्रभु म्यानेजमेन्ट, जनता ब्यांक, सानिमा हाइड्रो, सिटिजन्स ब्यांक, अन्नपूर्ण पोस्ट, माछापुच्छ्रे ब्यांक, डब्लुडब्लुएफ, एनएमबि ब्यांक, वर्ल्डलिंक, सेन्चुरी ब्यांक, श्री एअरलायन्स, एनआईबिएल एस क्यापिटल सहभागी हुनेछन्। विभाजित ४ वटा समुहको प्रत्येक समुहबाट उत्कृस्ट हुने २ वटा टिम क्वार्टरफाइनल प्रवेश गर्नेछन्।

समुह बिभाजन :-

समुह ‘ए’ – मुक्तिनाथ विकास ब्यांक, ईसेवा, मेघा ब्यांक, प्रभु म्यानेजमेन्ट, समुह ‘बि’ – जनता ब्यांक, सानिमा हाइड्रो, सिटिजन्स ब्यांक, अन्नपूर्ण पोस्ट , समुह ‘सी’ – माछापुच्छ्रे ब्यांक, डब्लुडब्लुएफ, एनएमबि ब्यांक, वर्ल्डलिंक, समुह ‘डी’ – सेन्चुरी ब्यांक, श्री एअरलायन्स, एनआईबिएल एस क्यापिटल


प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याच तथा मोमेन्ट अफ द म्याचको घोषणा हुने जसलाई बिशेष गिफ्ट ह्याम्पर प्रदान गरिने तथा प्रतियोगिताकै उत्कृस्ट खेलाडीले सिम्रिक एअरलायन्सको तर्फबाट पोखराको टु-वे टिकट प्राप्त गर्ने अल्टिमेट इन्डोरका संचालक कुशल बस्नेतले घोषणा गर्नुभयो। यस्तै बेस्ट ब्याट्सम्यान र बलरले पोखराको वान-वे टिकट प्राप्त गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy