“कुनै पनि बिपक्षिलाई कमजोर लिने छैनौं” – पारस खड्का

  • विकेटनेपाल – १२ भदौ, मंगलवार

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले एसिया कपमा पुग्नु सुनौलो अवसर रहेको बताएका छन्। एसिया कप छनौट प्रतियोगिता सुरु हुने अघिल्लो दिन मंगलवार संचारकर्मीहरुसंग कुराकानी गर्दै एसिया कप छनौट नेपालको लागि प्राप्त हुने थोरै मध्येको एक मौका रहेको बताए।

नेपालले प्रतियोगिताको पहिलो दिन आफ्नो पहिलो खेलमा ओमानको सामना गर्दैछ। नेपालले मंगलबार मलेसियाको किनरारा ओभल मैदानमा अभ्यास समेत गर्यो। त्यसै क्रममा कप्तान पारस खड्काले एसिया कप छनौटमा जित निकाल्ने आशाका साथ प्रतियोगितामा अघि बढ्ने बताए। उनले भने, “सबै टोलीले सबै टोलिसंग खेल्नु पर्नेहुन्छ त्यसैले हामी एक खेललाई एक पटक लिनेछौं। ओमानले हामीलाई यसअघि पनि हराइसकेको छ त्यसैले हामी कुनैपनि बिपक्षिलाई कमजोर लिने छैनौं।”

यदि यो प्रतियोगिता जित्न सकेमा नेपालले भारत र पाकिस्तानसंग खेल्ने मौका पाउनेछभन्ने प्रशंगमा पारसले भने, “नेपालले पाउने थोरै मौका मध्येको एक योपनि हो। तर हामीले त्यति परसम्म सोचिसकेका छैनौ। हामी हरेक खेललाई एक पटक लिएर खेल्ने रणनीतिमा हुनेछौं र सुरुमा फाइनल पुगेपछि मात्र बिजेता बन्ने अनि भारत र पाकिस्तानसंग खेल्ने कुरा आउंछ।”

यसअघि मलेसिया प्रस्थान गर्नु अगाडी नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेले खेलेको थियो, जहाँ नेपालले ३ वटै अभ्यास खेल जित्न समेत सफल भएको थियो। सो अभ्यास खेलमा हात पारेको जितले कतिको सहयोग पुर्याएको छ भन्ने प्रश्नमा पारसको जवाफ थियो, ” हामीले अभ्यास खेलमा सोचे अनुरुपनै प्रदर्शन गर्यौं र खेलाडीहरुले समेत आफुले पाएको सिमित मौकामा आफुलाई प्रमाणित गर्ने कोसिस गरिरहेका छन्। तर पनि हरेक खेल एउटा नयाँ सुरुवात हो।”

टोलीमा पुनारगमन गरिरहेका सागर पुन र बिनोद भण्डारीको बिषयमा पारसले भने, ” अभ्यास खेलमा दुबैको प्रदर्शन राम्रो नै थियो। सागरलाई हामीले ओपनिंगका लागि भने हेरेका छैनौं तर उसलाई मध्यक्रममा खेलाउने प्रयास रहने छ।”

नेपालले आफ्नो पहिलो खेल बायुमास ओभलमा बुधवार ओमान बिरुद्ध खेल्दै छ। ५० ओभरको खेल मलेसियाको समय अनुसार बिहान १० बजे तथा नेपाली समय अनुसार बिहान ७:४५ बजे सुरु हुनेछ।

 





थप समाचार

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]