चौथो खेलमा सिंगापुरसंग खेल्दै नेपाल, पछिल्लो ५ खेलमा यस्तो छ नतिजा

Nepal vs Singapore
  • विकेटनेपाल,१६ भदौ 

एसीसी एसिया कप छनौट अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा सिंगापुरको आइतबार सामना गर्दैछ। प्रतीयोगीताको लिग चरणमा उत्कृस्ट २ भित्र पर्दै फाइनलको यात्रा तय गर्न नेपालले आगामी खेलमा जित हात पार्नुपर्ने अवस्था रहेको छ। नेपालले पहिलो खेलमा ओमान, दोश्रो खेलमा युएईसंग हार बेहोरेको थियो भने तेश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित दर्ता गर्यो। प्रतियोगिताको लगातार ३ खेलमा पराजित सिंगापुरलाई ठुलो अन्तरले पराजित गर्दै अंक तालिकामा नेट रनरेट सुधार्ने तथा २ अंक बटुल्ने नेपालको दाउ हुनेछ भने सिंगापुरको उदेश्य नेपाललाई अस्चार्यजनक नतिजा दिनु हुनेछ।

सिंगापुरसंगको खेल अघि आउनुस हेरौं नेपाल र सिंगापुर बीच इतिहासमा भएका खेलहरुको नतिजा :-        

एसीसी ट्रफी इलाइट , सन् २०१० ( कुवेत ) : टस जितेर ब्याटिंग गरेको सिंगापुरले  ४९ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१६ रनको योगफल तयार गरेको थियो। मुनिस अरोराले सर्वाधिक ४० तथा चेतन सूर्यवंशीले ३६ रन योगदान दिएका थिए भने नेपालको बलिङ्गमा  शक्ति गौचनले २ विकेट लिएका थिए। सिंगापुरको ५ विकेट नेपालले रनआउट गर्दै लिएको थियो। २१७ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा पुरा गर्यो जुन क्रममा ओपनिङ्ग ब्याटिंग गरेका महेश क्षेत्रीले ८७ तथा अनिल मण्डलले ८३ रन योगदान दिए। पहिलो विकेटको लागि मण्डल र क्षेत्रीले १३५ रनको साझेदारी गरेका थिए।

Anil Mandal
Anil Mandal

आइसीसी विश्व क्रिकेट लिग डिभिजन ५, २०१० (नेपाल) : घरेलु मैदानमा भएको खेलमा बसन्त रेग्मीले उत्कृस्ट प्रदर्शन गर्दै ब्याटिंगमा अर्धशतक तथा बलिंगमा २ विकेट लिएपछि नेपालले सिंगापुरलाई १६ रनले पराजित गरेको थियो। पहिले ब्याटिंग गरेको नेपालले बसन्त रेग्मीको ५४ रनको सहयोगमा ९ विकेट गुमाएर १८० रन जोडेको थियो। सिंगापुरको बलिंगमा धर्मिचंदले सर्वाधिक ३ विकेट लिएका थिए। दोस्रो इनिंगमा १८१ रनको पिछा गरेको सिंगापुरले सबै विकेट गुमाउनु अघि ४७.५ ओभरमा १६४ रन जोडेको थियो। उसको चेजमा अनिश परमले ४१ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएको थिएन। नेपालको बलिंगतर्फ सन्जम रेग्मीले २८ रन खर्चेर ४ विकेट तथा बसन्त रेग्मीले ३३ रन खर्चेर २ विकेट लिएका थिए।

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन ४ – सन् २०१२ ( मलेसिया ) : टस जितेर ब्याटिंग गरेको सिंगापुरले १११ रनमै सबै विकेट गुमाएपछि नेपालले ११२ रनकको लक्ष्य ५ विकेट गुमाएर २४.५ ओभरमा पुरा गरेको थियो। अमृत भट्टराईले ४ विकेट, बसन्त रेग्मीले ३ र सन्जम रेग्मीले २ विकेट लिंदा सिंगापुर सस्तोमा समेटिन पुग्यो। लक्ष्य पछ्याउने क्रममा ४७ रनमा ५ विकेट गुमाएर खराब अवस्थामा पुगेको नेपालको इनिंगलाई प्रदिप ऐरिले अविजित ३४ र शक्ति गौचनले अविजित १८ रन बनाउदै जितसम्म पुर्याएका थिए।

Amirt Bhattarai
Amirt Bhattarai

जर्नी टु वर्ल्ड कप २०१४ – सन् २०१४ ( नेपाल ) : सन् २०१४ को टि-२० बिश्वकपमा नेपाल छनौट भएलगत्तै नेपालमा आयोजित सिरिजमा नेपालले सिंगापुरलाई ३१३ रनको बिशाल अन्तरले पराजित गरेको थियो गरेको थियो। टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ४५ ओभरमा ५ विकेट गुमाएर ३१३ रनको योगफल तयार गर्यो। शरद भेसावकरले ८ छक्का र ४ चौका मदतले मात्र ४५ बलमा ९१ रन, सुबास खकुरेलले ७५, अनिल मण्डलले ५८ तथा ज्ञानेन्द्र मल्लले ४८ रन बनाए। ३१४ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ८६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। नेपालको बलिङ्गमा सोमपाल कामि र राजकुमार प्रधानले समान ३/३ विकेट तथा जितेन्द्र मुखिया र बसन्त रेग्मीले २/२ विकेट हात पारेका थिए।

Sharad Vesawkar
Sharad Vesawkar

आइसीसी विश्व क्रिकेट डिभिजन ३, २०१४ (मलेसिया) ज्ञानेन्द्र मल्लले उत्कृस्ट ब्याटिंग गर्दै शतक बनाए पछि नेपालले सिंगापुरलाई १९० रनको बिशाल अन्तरले पराजित गर्यो। टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६३ रन जोडेको थियो। ज्ञानेन्द्र मल्लले ११४ बनाएको इनिंगमा सिंगापुरका अम्जद महबुबले ४ विकेट लिएका थिए। जवाफमा २६४ रनको पिछा गरेको सिंगापुर २१.४ ओभरमा ७३ रनमा समेटिन पुग्यो। सिंगापुरका कुनैपनि ब्याट्सम्यानले २० रनको स्कोर छुन सकेका थिएनन्। नेपालको बलिंगमा सोमपाल कामीले ४१ रन खर्चिएर ४ विकेट तथा बसन्त रेग्मीले मात्र ६ रन खर्चिएर ४ विकेट लिएका थिए।

 





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]