ललित र सन्दिपले उत्कृस्ट बलिङ्ग गर्दा सिंगापुर १५१ मै समेटियो

Lalit Rajbanshi
  • विकेटनेपाल,भदौ १७ 

एसीसी एसिया कप छनौट प्रतियोगिता अन्तर्गत चौथो खेलमा सिंगापुरसंग प्रतिस्पर्धा गरिरहेको नेपालले टस जितेर ब्याटिंग गरेको सिंगापुरलाई १५१ रनमा समेटेको छ।

युकेएम ओभल मैदानमा अत्यन्त खराब सुरुवात गरेको सिंगापुरले १८ रनको योगफलमा ३ विकेट गुमाएको थियो। सोमपाल कामिले ओपनर अर्जुन मुत्रेजा ( ० ) र रोहन रंगराजनलाई बोल्ड गर्दै तथा ललित राजबंशीले अरिता दत्ता ( ८ ) लाई स्टम्पिङ्ग गरेपछि सिंगापुर नाजुक अवस्थामा पुगेको थियो।

३ विकेट गुमेपछि चौथो विकेटको लागि कप्तान चेतन सुर्यबंशी र अनिश परमले चौथो विकेटकको लागि ८० रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए। सुर्यबंशीले ६१ रन बनाउने क्रममा ८८ बलमा १ छक्का र ८ चौका तथा अनिशले ३१ रन बनाउन ६७ बलमा २ चौका प्रहार गरे। अनिशलाई दिपेन्द्र ऐरिले २७ औं ओभरमा रन आउट गरेपछि सुर्यबंशीलाई पनि ललित राजबंशीले एलबिडब्लु गरे जसपछि सिंगापुरले लगातार विकेट गुमाउन थाल्यो। ९८/३ को अवस्थामा रहेको सिंगापुरले थप ५३ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिङ्गतर्फ ललित राजबंशी र सन्दिप लामिछानेले ३/३ विकेट हात पारे। सन्दिपले १० ओभरमा ३६ रन तथा ललितले ९ ओभरमा १ मेडन ओभर गर्दै २७ रन खर्चिए। यस्तै सोमपाल कामिले २ विकेट ( ७-१-२९-२ ) तथा बसन्त रेग्मीले १ विकेट ( ८-१-२०-१ ) हात पारे।

प्रतियोगिताको फाइनल पुग्दै एसिया कप खेल्ने सपनालाई कायम राख्न नेपाललाई खेल जित्नै पर्ने दवाब रहेको छ। नेपाली टोलीले आफ्नो अन्तिम ११ मा एक परिवर्तन गर्दै बलिंगमा उत्रिएको छ। मलेसिया बिरुद्धको खेलमा अन्तिम ११ मा रहेका ललित भण्डारीको स्थानमा नेपालले ललित राजबंशीलाई मौका दिएको छ।

नेपाल अन्तिम ११ : सुबाश खकुरेल, ज्ञानेन्द्र मल्ल. पारस खड्का, सागर पुन, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, अनिल कुमार साह, सोमपाल कामी, बसन्त रेग्मी, ललित राजबंशी, सन्दिप लामिछाने

यो समाचार तयार गर्दा सम्म सिंगापुरले ६ ओभरमा २२ रन बनाउदा ३ विकेट गुमाईसकेको छ। सोमपाल कामिले २ तथा ललित राजबंशीले १ विकेट दिलाएका छन्। अपडेट हेर्नुस

यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा संचालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भागलिंदै छन्। प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा न खेल्ने मौका प्राप्त गर्नेछ।





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]