सन्दिपले ५ विकेट लिंदा हंगकंगको कठिन जित, सकियो नेपालको एसिया कप यात्रा

  • विकेटनेपाल, भदौ १९

हंगकंगसंग ३ विकेटले पराजित हुँदै नेपाल एसिया कप छनौट प्रतियोगिताको फाइनल पुग्न असफल भएको छ भने अधिकारी रुपमा नेपालको एसिया कप खेल्ने सम्भावना पनि सकिएको छ।

प्रतीयोगीताको ५ मध्ये ३ खेलमा हंगकंग, युएई र ओमानसंग पराजित भएको नेपालको प्रदर्शन कमजोर  रहेपछि लिग चरणमा शिर्ष ३ भित्र पर्न समेत असफल रह्यो। नेपाललाई पराजित गर्दै हंगकंगले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। अहिले जारि रहेको खेलमा यदी युएईले ओमानलाई पराजित गर्यो भने हंगकंग र युएई फाइनल पुग्नेछ।

सन्दिपले ५ विकेट लिंदा हंगकंगको कठिन जित 

प्रतियोगिताको अन्तिम खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै बनाएको ९५ रनको जवाफमा ब्याटिंग गरेको हंगकंगको जित सहज हुन सकेन। सन्दिप लामिछाने एक्लैले ५ विकेट लिंदा हंगकंगलाई हार्ने डर उत्पन्न भएको थियो।  ८७ रनको स्कोरमा ७ विकेट गुमाएको हंगकंगले त्यसपछि भने विकेट गुमाएन र कठिन जित निकाल्यो।

Sandeep Lamichhane
Sandeep Lamichhane

सन्दिपले १० ओभर बलिङ्ग गर्दै २ मेडन ओभर सहित २७ रन खर्चेर ५ विकेट लिए। यस्तै बसन्त रेग्मी र सागर पुनले पनि १/१ विकेट लिए। हंगकंगको लागि ओपनर तथा कप्तान अन्शुमन रथले सर्वाधिक ५२ रन बनाए पनि अन्य ब्याट्सम्याहरुले खास योगदान दिन सकेनन्।

नेपालको कमजोर ब्याटिंग 

हंगकंगसंग टस जितेको नेपालले ब्याटिंग गर्दै ठुलो लक्ष्य प्रस्तुत गर्दै फाइनल पुग्ने झिनो सम्भावना बनाउन चाहन्थ्यो तर सोचे अनुरुप नेपालको ब्याटिंग चलेन र सुरुवात देखि नेपालले विकेट गुमाउन थाल्यो।

इनिंगको दोश्रो बलमै सुबास खकुरेल खाता नखोल्दै आउट भए पछि कप्तान पारस खड्का ( १४ ) , अनिल साह ( १५ ) , ज्ञानेन्द्र मल्ल ( १२ ) , दिपेन्द्र ऐरि ( २ ) , सागर पुन ( ७ ) लगातार आउट भए। आरिफ शेखले १८ र बसन्त रेग्मीले अविजित १५ रन बनाएपनि स्कोर १०० पनि पार गर्न सकेन। हंगकंगले दिएको १० रन अतिरिक्तको मदतले नेपालले ३७.५ ओभरमा ९५ रनमा सबै विकेट गुमाउन पुग्यो।

Paras Khadka
Paras Khadka

हंगकंग बलर एहसान खानले ४ विकेट हात पार्न ७.५ ओभरमा १ मेडन ओभर बलिङ्ग गर्दै १५ रन मात्र खर्चिए। यस्तै तन्बिर अफजल र ऐजाज खानले समान २/२ विकेट हात पारे।

वर्षाको कारण आधा घण्टा ढिला सुरु भएको खेलमा नेपालले अघिल्लो खेलकै अन्तिम ११ जना खेलाडीलाई मौका दिएको थियो भने बिनोद भण्डारी, करन केसी, ललित भण्डारी र रोहित पौडेल बाहिर बसेका थिए।

खेलको फोटोहरु – 





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]