नेपालको लगातार दोश्रो हार

  • विकेटनेपाल, भदौ २९ – शुक्रबार

भारतको लखनउमा जारि चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत नेपाल दोश्रो खेलमा भारतको यु १९ ‘ए’ टिमसँग ८ विकेटले पराजित भएको छ। यसअघि बुधबार सम्पन्न पहिलो खेलमा भारत यु१९ ‘बि’ सँग पनि ४० रनको हार व्यहोरेको थियो।

|| स्कोरकार्ड ||

पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको भारत यु१९ ‘ए’ ले लगातार दोश्रो जितसहित ६ अंक बटुलेको छ भने नेपाल अंक बिहिन रहेको छ। अहिले जारि अर्को खेलमा भारत यु१९ ‘बि’ र अफगानिस्तान यु१९ भिडिरहेका छन्।

लखनउ स्थित नवनिर्मित एकना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५६ रनको योगफल तयार पारेको थियो। सुरुवाती ३ विकेट २३ रनमा गुमाउँदा समस्यामा रहेको नेपालका लागि ओपनर तृतराज दासले ४६ रन तथा सन्दिप जोहराले ६६ रनको पारि खेल्दै चौथो विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए।

Sundeep Jora & Trit Raj Das

अन्य खेलाडीको सर्वाधिक स्कोर ५ रहेको खेलमा भिम सार्कीले पाचौं विकेटको लागि सन्दिप जोहरासंग मिलेर ४९ रनको साझेदारी गरेका थिए। भिमले २८ रन बनाए। भारतीय बलर वाईडी मंगवानी र अजय गौडले समान ४/४ विकेट हात पारे।

जवाफमा १५७ रनको लक्ष्य पछ्याएको भारतले वाई भी राठोदको अविजित ४९ रन, कप्तान अनुज रावतको ४७ रन तथा प्रभसिमरन सिंहको आक्रामक अविजित ४६ रनको मद्दतमा मात्र २४.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। नेपालको तर्फबाट कमल सिंह ऐरीले मात्र १३ रनको योगफलमा सुरुवाती झट्का दिएपनि जितको लागि पर्याप्त हुन सकेन। अर्को विकेट पवन सर्राफको नाममा रह्यो।

नेपालले तेस्रो खेल १६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy