सुर्य तामांगको उत्कृस्ट बलिङ्गका बाबजुत नेपाल थोरै अन्तरले पराजित

  • विकेटनेपाल, असोज २५ – सोमबार 

एसीसी यु-१९ एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले अफगानिस्तान संग ३ विकेटको हार बेहोरेको छ।

पहिलो खेलमा भारत यु-१९ संग १७१ रनले पराजित भएको नेपाली युवा टिम दोश्रो पराजय पछि प्रतियोगिताको पहिलो चरणबाट बाहिरिने निश्चित भएको छ। प्रतियोगिताको २०१७ को संस्करणमा नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमीफाइनलमा स्थान बनाएको थियो।

नेपालको समुहमा रहेको भारत र अफगानिस्तानले २/२ जित हात पारेपछि दुवै टिमले सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। नेपाल र यएई भने प्रतियोगिताको पहिलो चरणबाट बाहिरीएको छ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल मंगलबार युएईसंग खेल्ने तालिका रहेको छ।

सहज भएन अफगानिस्तानको जित 

पहिले ब्याटिंग गर्दै नेपालले १३१ रन बनाएपछि १३७ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले राम्रो सुरुवात गर्दै ६१ रन बनाउदा मात्र १ विकेट गुमाएको थियो।

१३ औं ओभरमा पवन सर्राफले २६ रन बनाएका रहमनुल्लाहको विकेट लिएपछि भने अफगानिस्तानको विकेट पतन सुरु भएको थियो। १६ औं ओभरमा सागर ढकालले १६ रन बनाएका इजाज खानलाई पनि पेभेलियन फर्काए।

अज्मतुलाह ओमाराजीले ३ छक्का प्रहार गर्दै २३ रन बनाएर बीचमा अफगानिस्तानलाई सहज जित दिलाउने प्रयास गरे तर सुर्य तामांगले उनलाई पेभेलियन फर्काएपछि पुनः विकेट पतन सुरु भयो।

Surya Tamang
Surya Tamang

९३/३ को अवस्थाबाट सुर्यले ४ विकेट लिंदा अफगानिस्तानको स्कोर ३० ओभरमा ११५/७ पुग्यो। जितको लागि अझै १७ रन आवस्यक थियो र नेपालले ३ विकेट निकाल्नु पर्ने थियो।

त्यसपछि भने अफगानिस्तानको लागि आरिफ खानले अविजित २३ तथा अब्दुल रहमानले ८ रन बनाउदै आठौ विकेटको लागि २१ रनको साझेदारी गर्दै नेपालको जितको सम्भावना खोसेका थिए।

उत्कृस्ट बलिङ्ग गर्दै नेपाललाई जितको आशा देखाएका देब्रे हाते स्पिनर सुर्य तामांगले ४ विकेट लिन ८.३ ओभरमा ३६ रन खर्चिए। यस्तै रासिद खान, पवन सर्राफ र सागर ढकालले पनि १/१ विकेट आफ्नो नाम गरे।

चलेन ब्याटिंग 

टस जितेर नेपालले ब्याटिंग रोज्दै ३८.२ ओभरमा १३१ रनमा सबै विकेट गुमाएको थियो।

खराब सुरुवात गरेको नेपालले पहिलो ४ विकेट २१ रनको योगफलमै गुमाएको थियो। ओपनर रित गौतम ( १० ) , रभी साह ( २ ) , सन्दिप जोरा ( ० ) र पवन सर्राफ ( ० ) विकेटमा जम्न सकेनन्।

पाँचौ विकेटको लागि कप्तान आसिफ शेखले रोहित पौडेलसंग ५३ रनको साझेदारी गर्दै स्कोरलाई अघि बढाए। आसिफ लामो समय जम्न सकेनन् र ४६ बलमा २ चौका प्रहार गरेपछि २० रन बनाएर आउट हुन पुगे। त्यस लगत्तै भिम शार्की ( ५ ) र कमल ऐरि ( ० ) आउट हुँदा नेपालको स्कोर ८१/७ पुग्यो।

आठौँ विकेटको लागि रोहित र रासिद खानले ३८ रनको साझेदारी गरे। आक्रामक ब्याटिंग गरेका रासिदले ४ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए पछि विकेट गुमाउन पुगे। त्यसपछि रोहित पौडेल पनि ४६ रन ( ८८ बल, ७ चौका ) बनाएर आउट भए पछि नेपालले ३८.२ ओभरमा १३१ रनमै सबै विकेट गुमाउन पुग्यो।

अफगानिस्तानको लागि अज्मतुल्लाह ओमारजीले ४ विकेट लिए भने अब्दुल रहमान र कैस कमवलले समान २/२ विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]