‘निस्ट लिटल फ्लावर प्रिमियर लिग’ आयोजना हुने

  • विकेटनेपाल, असोज २१ 

कार्तिक २७ देखि मङ्सिर ४ गते सम्म तेश्रो संस्करणको स्कुल स्तरीय ‘निस्ट लिटल फ्लावर प्रिमियर लिग’ आयोजना हुने भएको छ।

शनिबार राजधानीमा पत्रकार सम्मेलनमाझ आयोजक संस्कार क्रिकेट एकेडेमीले प्रतियोगिताको घोषणा गरेको हो। धनगढीको प्रहरी इकाई मैदानमा संचालन हुने प्रतियोगितामा देशभरका १२ बिद्यालयले सहभागिता जनाउने छन्।

प्रतियोगिताको बिजेताले १ लाख ११ हजार, उपविजेताले ५५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, तथा उत्कृस्ट ब्याट्सम्यान/बलर र उदयमान खेलाडीले समान ५/५ हजार प्राप्तगर्ने छन्। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले लिग चरणमा १ हजार र नकआउट चरणमा १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।

संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाही

आयोजकले प्रत्येक सहभागी टीममा सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक पाँच जना बाहिरबाट १९ बर्ष मुनिका नेपाली खेलाडीहरु पनि राख्न पाईने समेत बताएको छ।

सहभागी विद्यालयहरुः १) लिटल फ्लावर वोर्डिङ हाई स्कुल धनगढी २) सिद्धार्थ शिसु सदन स्कुल धनगढी (साविक विजेता) ३) शारदा मावि धनगढी ४) सरस्वती मावि गेटा ५) क्यास्पीयन एकेडेमी धनगढी ६) एवीसी बोर्डिङ स्कुल नेपालगंज ७) कैलाली मोडेल सेकेण्डरी स्कुल धनगढी ८) विज्डम एकेडेमी वेलौरी कञ्चनपुर ९) लिटल बुद्ध एकेडेमी महेन्द्रनगर कञ्चनपुर (साविक उपविजेता) १०) हिमालय ह्वाईट हाउस वल्र्ड स्कुल काठमाण्डौ ११) निष्ट स्कुल भक्तपुर १२) मोक्षदा स्कुल काठमाण्डौ

 





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]

कोशीको सान्त्वना जित

काठमाडौं । ललितपुर मेयर्स एघारलाई पराजित गर्दै कोशी प्रदेशले ललितपुर मेयर्स कपमा सान्त्वना जित निकालेको छ । समूह चरणको अन्तिम […]

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]