‘निस्ट लिटल फ्लावर प्रिमियर लिग’ आयोजना हुने

  • विकेटनेपाल, असोज २१ 

कार्तिक २७ देखि मङ्सिर ४ गते सम्म तेश्रो संस्करणको स्कुल स्तरीय ‘निस्ट लिटल फ्लावर प्रिमियर लिग’ आयोजना हुने भएको छ।

शनिबार राजधानीमा पत्रकार सम्मेलनमाझ आयोजक संस्कार क्रिकेट एकेडेमीले प्रतियोगिताको घोषणा गरेको हो। धनगढीको प्रहरी इकाई मैदानमा संचालन हुने प्रतियोगितामा देशभरका १२ बिद्यालयले सहभागिता जनाउने छन्।

प्रतियोगिताको बिजेताले १ लाख ११ हजार, उपविजेताले ५५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, तथा उत्कृस्ट ब्याट्सम्यान/बलर र उदयमान खेलाडीले समान ५/५ हजार प्राप्तगर्ने छन्। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले लिग चरणमा १ हजार र नकआउट चरणमा १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।

संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाही

आयोजकले प्रत्येक सहभागी टीममा सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक पाँच जना बाहिरबाट १९ बर्ष मुनिका नेपाली खेलाडीहरु पनि राख्न पाईने समेत बताएको छ।

सहभागी विद्यालयहरुः १) लिटल फ्लावर वोर्डिङ हाई स्कुल धनगढी २) सिद्धार्थ शिसु सदन स्कुल धनगढी (साविक विजेता) ३) शारदा मावि धनगढी ४) सरस्वती मावि गेटा ५) क्यास्पीयन एकेडेमी धनगढी ६) एवीसी बोर्डिङ स्कुल नेपालगंज ७) कैलाली मोडेल सेकेण्डरी स्कुल धनगढी ८) विज्डम एकेडेमी वेलौरी कञ्चनपुर ९) लिटल बुद्ध एकेडेमी महेन्द्रनगर कञ्चनपुर (साविक उपविजेता) १०) हिमालय ह्वाईट हाउस वल्र्ड स्कुल काठमाण्डौ ११) निष्ट स्कुल भक्तपुर १२) मोक्षदा स्कुल काठमाण्डौ

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy