चौथो खेलमा नेपाल भुटानसंग खेल्दै ( सम्पूर्ण जानकारी )

Nepal vs Bhutan
  • विकेटनेपाल, असोज २२ 

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले चौथो खेल भुटानसंग खेल्नेछ।

प्रतियोगिता अन्तर्गत नेपालले खेलेको ३ वटै खेलमा म्यानमार, मलेसिया र थाईल्याण्डलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। प्रतियोगिताबाट उत्कृस्ट ३ टिम टि-२० बिश्वकप एसियाली छनौट खेल्न छनौट हुने हुँदा अंकतालिकाको शिर्ष स्थानमा रहेको नेपाल भुटानसंग जित दर्ता गर्दै अपराजित टिमको रुपमा दोश्रो चरण प्रवेश गर्न चाहन्छ।

यता प्रतियोगिताकै कमजोर टिम मध्येको भुटानले खेलेको ३ खेल मध्ये १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। अंकतालिकामा भुटान पाँचौ स्थानमा रहेको छ।

भुटानले चिनलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसियासंग ६७ रनको तथा थाईल्याण्डसंग ८ विकेटको पराजय बेहोरेको छ। नेपालसंगको खेलमा भुटानको उद्देश्य सम्मानजनक खेल प्रदर्शन गर्नु हुनेछ।

खेल हुने मिति र समय :- अक्टोबर ९ , ७:४५ बजे ( बिहान ) , मलेसिया समय – १०:०० बजे बिहान
मैदान – युकेएम ओभल मैदान

Bhutan Cricket Team
Bhutan Cricket Team

भुटानसंगको  इतिहास 

भुटान क्रिकेट टिमसंग नेपालले अन्तिम पटक सन् २००६ को एसीसी ट्रफीमा खेलेको थियो जसपछि महिला क्रिकेटमा भेट भए पनि पुरुष क्रिकेटमा भने नेपाल १२ बर्ष पछि भुटानसंग खेल्न लागेको हो।

भुटान राष्ट्रिय क्रिकेट टिमसंग नेपालले हालसम्म ५ पटक प्रतिस्पर्धा गरेको र बर्षाको रद्द भएको एक खेल बाहेक सबैमा नेपालले सहजै जित दर्ता गरेको छ।

सन् २००३ एसीसी इमर्जिङ्ग टिम्स कप ( नेपाल ) 

सन् २००३ मा नेपालमै सम्पन्न एसीसी इमर्जिङ्ग टिम्स कप प्रतियोगितामा नेपालले भुटानलाई ३५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो। त्यस खेलमा कप्तान समेत रहेका राजु खड्काले नेपालको लागि पहिलो शतक प्रहार गर्दै किर्तिमान कायम गरेका थिए।

Raju Khadka
Raju Khadka

टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३९७ रन बनाएको थियो। राजु खड्काले १०५ रन ( ५० बल, १४ चौका र ४ छक्का ) बनाएका थिए भने सन्दिप श्रेष्ठले ६०, बिनोद दासले ४३, शक्ति गौचनले ३९ तथा पारस लुनियाले ३५ रन बनाएका थिए।

जवाफमा भुटान ४४ रनमै समेटिन पुगेको थियो। राजु बस्नेतले ५ तथा मेहबुब आलमले २ विकेट लिएपछि भुटानले लज्जास्पद हार बेहोरेको थियो।

सन् २००४ एसीसी ट्रफी ( मलेसिया ) 

समुह चरणमा भुटानलाई नेपालले ९ विकेटले पराजित गर्ने क्रममा भुटानले टस हारेर ब्याटिंग गर्दै पहिलोइनिंगमा मात्र ९१ रन बनाएको थियो। ९२ रनको लक्ष्य नेपालले १३ ओभरमा पछ्यायो।

राजकुमार प्रधानले नेपालको लागि सर्वाधिक ३ तथा सन्जम रेग्मी र मेहबुब आलमले २/२ विकेट लिएका थिए भने ब्याटिंगमा मेहबुब आलमले ४४ तथा परेश लोहनीले ३० रन बनाएका थिए।

सन् २००४ एसीसी ट्रफी , प्लेअफ ( मलेसिया ) 

पाँचौ स्थानको लागि भएको प्लेअफ सेमीफाइनलमा नेपालले ६ विकेटको जित दर्ता गरेको थियो। टस जितेर ब्याटिंग गर्दै भुटानले ७२ रन बनाएको थियो र ७३ रनको लक्ष्य नेपालले १३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। बलिङ्गमा राजकुमार प्रधानले ४, मेहबुब आलमले ३ तथा सन्जम रेग्मीले २ विकेट लिंदा ब्याटिंगमा पनि आलमले ४२ रन बनाएका थिए।

सन् २००६ एसीसी ट्रफी ( मलेसिया ) 

टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा भुटान ३६ रनमै समेटिन पुग्यो र नेपालले २८१ रनको बिशाल जित दर्ता गर्यो।

नेपालको लागि ब्याटिंगमा पारस खड्काले सर्वाधिक ८७ तथा ज्ञानेन्द्र मल्लले ५२ रन बनाएका थिए भने बलिङ्गतर्फ बिनोद दासले ५ विकेट , मेहबुब आलमले ३ विकेट तथा शक्ति गौचनले २ विकेट लिएका थिए।

 

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]