अस्ट्रेलियाको कमजोर ब्याटिंग, बिशाल अग्रतातर्फ पाकिस्तान

  • विकेटनेपाल, असोज ३१ 

युएईमा जारि पाकिस्तान र अस्ट्रेलिया बीचको दोश्रो टेस्टको दोश्रो दिनको खेल समाप्तिमा पाकिस्तान बिशाल अग्रतातर्फ लम्केको छ।

२ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट रोमान्चक बराबरीमा सकिएको थियो।

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा २८१ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेपछि ब्याटिंग गरेको अस्ट्रेलियाले कमजोर ब्याटिंग गर्दै १४५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

पहिलो इनिंगमा १३७ रनको अग्रता पाएको पाकिस्तानले दोश्रो इनिंग ब्याटिंग सुरु गर्दै दोश्रो दिनको खेल समाप्तिमा १४४ रन बनाउदा २ विकेट गुमाएको छ र २८१ रनको अग्रता लिईसकेको छ। दिनको समाप्तिमा अजहर अलि ५४ तथा हरिस सोहेल १७ रन बनाएर अविजित छन्। यस अघि ओपनर फखर जमान ६६ रन बनाएर आउट भएका थिए।

अस्ट्रेलियालाई १४५ रनमा सिमित गर्न पाकिस्तानको लागि मोहम्मद अब्बासले सर्वाधिक ५ विकेट ( १२.४-४-३३-५ ) लिएका थिए। यस्तै बिलाल असिफले ३ तथा यासिर शाहले १ विकेट लिए। अस्ट्रेलिया ओपनर आरोन फिंचले सर्वाधिक ३९ तथा मिचेल स्टार्कले ३४ रन बनाए।

पाकिस्तानको पहिलो इनिंगमा फखर जमान र कप्तान सर्फराज एहमदले समान ९४ रन बनाएका थिए। अस्ट्रेलियाको लागि नाथन लायनले सर्वाधिक ४ विकेट तथा मर्नुस लबुसचागनेले ३ विकेट लिएका थिए।

( फोटोहरु – आईसीसी )





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]