अस्ट्रेलियाको कमजोर ब्याटिंग, बिशाल अग्रतातर्फ पाकिस्तान

  • विकेटनेपाल, असोज ३१ 

युएईमा जारि पाकिस्तान र अस्ट्रेलिया बीचको दोश्रो टेस्टको दोश्रो दिनको खेल समाप्तिमा पाकिस्तान बिशाल अग्रतातर्फ लम्केको छ।

२ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट रोमान्चक बराबरीमा सकिएको थियो।

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा २८१ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेपछि ब्याटिंग गरेको अस्ट्रेलियाले कमजोर ब्याटिंग गर्दै १४५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

पहिलो इनिंगमा १३७ रनको अग्रता पाएको पाकिस्तानले दोश्रो इनिंग ब्याटिंग सुरु गर्दै दोश्रो दिनको खेल समाप्तिमा १४४ रन बनाउदा २ विकेट गुमाएको छ र २८१ रनको अग्रता लिईसकेको छ। दिनको समाप्तिमा अजहर अलि ५४ तथा हरिस सोहेल १७ रन बनाएर अविजित छन्। यस अघि ओपनर फखर जमान ६६ रन बनाएर आउट भएका थिए।

अस्ट्रेलियालाई १४५ रनमा सिमित गर्न पाकिस्तानको लागि मोहम्मद अब्बासले सर्वाधिक ५ विकेट ( १२.४-४-३३-५ ) लिएका थिए। यस्तै बिलाल असिफले ३ तथा यासिर शाहले १ विकेट लिए। अस्ट्रेलिया ओपनर आरोन फिंचले सर्वाधिक ३९ तथा मिचेल स्टार्कले ३४ रन बनाए।

पाकिस्तानको पहिलो इनिंगमा फखर जमान र कप्तान सर्फराज एहमदले समान ९४ रन बनाएका थिए। अस्ट्रेलियाको लागि नाथन लायनले सर्वाधिक ४ विकेट तथा मर्नुस लबुसचागनेले ३ विकेट लिएका थिए।

( फोटोहरु – आईसीसी )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy