बल्ख लेजेण्डले जित्यो अफगानिस्तान प्रिमियर लिगको उपाधि

Balkh Legends
  • विकेटनेपाल-५ कार्तिक, सोमबार

संयुक्त अरब एमिरेट्समा सम्पन्न पहिलो संस्करणको अफगानिस्तान प्रिमियर लिग (एपिएल) को उपाधि बल्ख लेजेण्डले हात पारेको छ। आइतवार राति सम्पन्न फाइनल खेलमा बल्खले काबुल ज्वाननलाई ४ विकेटले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै काबुलले दिएको १३३ रनको लक्ष्य बल्खले १८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। काबुललाई जित दिलाउने क्रममा स्टार ब्याट्सम्यान क्रिस गेलले सर्वाधिक ५६ रनको योगदान गरे। यस्तै रबि बोपराले ३२ तथा र्यान टेन डोस्केटले व्यक्तिगत १२ रन जोडे।

ओपनर कोलिन मुनरो ० र दर्विश रसुली ४ रनको स्कोरमा आउट भएपछि बल्खको इनिंगलाई सम्हालेका गेलले मात्र ३४ बलमा ५६ रनको बिष्फोटक पारि खेले। त्यसक्रममा उनले ४ छक्का र समान चौका प्रहार गरे।

कबुलको बलिंगतर्फ दक्षिण अफ्रिकी तिब्र गतिका बलर वाएन पार्नेलले सर्वाधिक ३ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन। आफ्नो ४ ओभरको स्पेलमा पार्नेलले ३५ रन खर्चिएर ३ विकेट हात पारे। यस्तै राशिद खान, फरिद अहमद र मुस्लिम मुसाको नाममा समान १-१ विकेट रह्यो।

यसअघि पहिलो इनिंगमा टस जितेर ब्याटिंगमा उत्रिएको काबुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनको योगफल तयार गरेको थियो। काबुलका लागि ब्याट्सम्यानहरुले पाएको सुरुवातलाई अगी बढाउन नसक्दा, टोलि ठूलो स्कोर जोड्नबाट बन्चित रह्यो।

काबुलको इनिंगमा जाबेद अहम्दीले सर्वाधिक ३२ रनको योगदान गरेका थिए। मात्र १९ बलमा अहम्दीले २ छक्का र समान चौका प्रहार गरेका थिए। यस्तै कोलिंग इन्ग्राम र वाएन पार्नेलले समान २१-२१ रनको योगदान गर्दा लौरी एभान्सले १४ रन जोडेका थिए।

बल्खको बलिंगतर्फ खेलको म्यान अफ द म्याच चुनिएका क्वैस अहमदले सर्वाधिक ५ विकेट हात पारेका थिए। आफ्नो ४ ओभरको स्पेलमा अहमदले मात्र १८ रन खर्चिएर ५ विकेट हात पार्न सफल रहे। यस्तै मोहम्मद नाबी, अफताब आलम, मिर्वैश अश्रफ र रबि बोपाराले समान १-१ विकेट हात पारेका थिए।

प्रतियोगितामा राशिद खान उत्कृस्ट खेलाडी घोषित भए। राशिदले प्रतियोगिताको ९ खेलमा १० विकेट चट्काएका थिए भने १९८.८५ को स्ट्राइक रेटमा १७३ रन समेत जोडेका थिए। यस्तै मोहम्मद शेहजाद(३४४ रन) उत्कृस्ट ब्याट्सम्यान चुनिंदा इसुरु उडाना(१७ विकेट) उत्कृस्ट बलर घोषित भए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]