सन्दिपको टाईटन्सले दियो सोमपालको ब्लासटर्सलाई १४१ रनको लक्ष्य

Butwal Blasters

पोखरा प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको दोस्रो खेलमा बिराटनगर टाईटन्स र बुटवल ब्लासटर्स भिड्दै छन्। बिराटनगरको कप्तानी सन्दिप लामिछानेले गर्दैछन् भने बुटवल सोमपाल कामीको कप्तानीमा रहेको छ।

पहिलो इनिंगको समाप्तिमा टस जितेर ब्याटिंग गरेको बिराटनगर टाईटन्सले ७ विकेट गुमाएर १४० रनको योगफल तयार गरेको छ। टाईटन्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद जैद आलमले सर्वाधिक ७२ तथा प्रदिप ऐरीले ४१ रनको योगदान गरे।

Md. Zaid Alam
Md. Zaid Alam

दोस्रो ओभरको दोस्रो बलमानै ललित भण्डारीले सुनिल धमलालाई पभेलियनको बाटो देखाएपछि बिराटनगरको सुरुवात राम्रो हुन सकेको थिएन। मात्र ३६ रन जोड्न दुई विकेट गुमाएको बिराटनगरको इनिंगलाई जैद आलम र प्रदिप ऐरीको साझेदारीले उकासेको थियो।

जैद र प्रदिपले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्दै बिराटनगरको इनिंगलाई उकासेका थिए। जैदले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दा ७२ रन जोडे। यस्तै प्रदिपले भने ४३ बलमा ३ चौका सहित ४१ रन जोडे।

जैद र प्रदिप बाहेक अन्य ब्याट्समेनहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

Lalit Bhandari
Lalit Bhandari

बुटवलको बलिङ्गतर्फ ललित भण्डारीले सर्वाधिक २ विकेट (२.३ -०-१६-२) हात पारे। यस्तै बिपिन खत्री, संसाद शेख र सागर पुनको नाममा समान १-१ विकेट रह्यो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]