सन्दिपको टाईटन्सले दियो सोमपालको ब्लासटर्सलाई १४१ रनको लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको दोस्रो खेलमा बिराटनगर टाईटन्स र बुटवल ब्लासटर्स भिड्दै छन्। बिराटनगरको कप्तानी सन्दिप लामिछानेले गर्दैछन् भने बुटवल सोमपाल कामीको कप्तानीमा रहेको छ।

पहिलो इनिंगको समाप्तिमा टस जितेर ब्याटिंग गरेको बिराटनगर टाईटन्सले ७ विकेट गुमाएर १४० रनको योगफल तयार गरेको छ। टाईटन्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद जैद आलमले सर्वाधिक ७२ तथा प्रदिप ऐरीले ४१ रनको योगदान गरे।

Md. Zaid Alam
Md. Zaid Alam

दोस्रो ओभरको दोस्रो बलमानै ललित भण्डारीले सुनिल धमलालाई पभेलियनको बाटो देखाएपछि बिराटनगरको सुरुवात राम्रो हुन सकेको थिएन। मात्र ३६ रन जोड्न दुई विकेट गुमाएको बिराटनगरको इनिंगलाई जैद आलम र प्रदिप ऐरीको साझेदारीले उकासेको थियो।

जैद र प्रदिपले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्दै बिराटनगरको इनिंगलाई उकासेका थिए। जैदले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दा ७२ रन जोडे। यस्तै प्रदिपले भने ४३ बलमा ३ चौका सहित ४१ रन जोडे।

जैद र प्रदिप बाहेक अन्य ब्याट्समेनहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

Lalit Bhandari
Lalit Bhandari

बुटवलको बलिङ्गतर्फ ललित भण्डारीले सर्वाधिक २ विकेट (२.३ -०-१६-२) हात पारे। यस्तै बिपिन खत्री, संसाद शेख र सागर पुनको नाममा समान १-१ विकेट रह्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy