आज देखि लिटिल फ्लावर प्रिमियर लिग

  • विकेटनेपाल , कार्तिक २७ 

सस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीमा मंगलवारदेखि सुरु हुने तेस्रो निष्ट कलेज लिटिल फ्लावर टि–२० प्रिमियर लिगको आज सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा सिद्धार्थ सिसु सदन र निष्ट भक्तपुर प्रतिस्पर्धा गर्नेछन्। सोमबारनै प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो भने प्रतियोगितामा सहभागी हुने टिमहरु पनि धनगढी पुग्ने क्रम जारी रहेको छ। प्रतियोगितामा काठमाण्डौंका २, भक्तपुरको १, नेपालगंजको १, कञ्चनपुरका २ र धनगढीका ६ गरी देशभरका १२ टिम सहभागी छन्।

सहभागी टोलीलाई विभिन्न ४ समुहमा राखेर प्रतिस्पर्धा गराईनेछ भने प्रत्येक समुहको विजेता टोली सेमीफाइनल खेल्नेछन। सेमिफाइनल खेल मंसीर ३ गते हुनेछ भने फाईनल खेल मंसीर ४ गते हुनेछ। संघीय प्रहरी कार्यालय प्रदेश नम्वर ७ को खेल मैदामा हुने प्रतियोगितामा सहभागि टिमले सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक ५ जना बाहिरबाट १९ बर्ष मुनिका खेलाडी पनि राख्न पाउनेछन्।

मंगलबार विहान ९ बजे उद्घाटन खेलमा प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पीयन धनगढीको सिद्धार्थ शिशु सदन र भक्तपुरको निष्ट स्कुल भिड्ने छन् । मंगलबारकै दोश्रो खेलमा क्यास्पीयन एकेडेमी धनगढी र शारदा मावि वैयावेहडी खेल्नेछन्।

२८ गते हुने दुई खेलमा पहिलो खेल बिहान ८ बजे विज्डम एकेडेमी कञ्चनपुर र कैलाली मोडेल इङलिस स्कुल धनगढीबिच प्रतिस्पर्धा हुनेछ । दोश्रो खेलमा मोक्षदा काठमाण्डौ र एबीसी आवासीय स्कुल नेपालगञ्ज भिड्ने छन्। २९ गतेको पहिलो खेल निष्ट स्कुल र सरस्वती माविले खेल्ने छन् । दोश्रो खेलमा लिटल बुद्ध र एबीसी आवासीय स्कुल आमने सामने हुने छन्।

३० गतेको पहिलो खेल लिटल फ्लावर र शारदा मावि, दोश्रोमा विज्डम र ह्वाइट हाउस खेल्नेछन्। १ गते पहिलो खेलमा शिद्धार्थ र सरस्वती, दोश्रो खेलमा लिटल फ्लावर र क्यास्पीयन एकेडेमी भिड्नेछन्। त्यस्तै २ गतेको पहिलो खेलमा लिटल बुद्ध र मोक्षदा आमनेसामने हुँदा दोश्रो खेलमा हिमालयन ह्वाइट हाउस र कैलाली मोडेल आमने सामने हुनेछन्।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले बताए।

प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने उनले बताए।





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]