एलपीएल : सन्दिपको विस्फोटक ब्याटिंग गर्दा लिटिल बुद्धको फराकिलो जित

Sundeep Jora

धनगढीमा जारी तेस्रो निष्ट लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आजको खेलमा सरस्वती माबि गेटा कैलाली र लिटिल बुद्ध कञ्चनपुर विजयी भएका छन्।

आजको पहिलो खेलमा सरस्वतीले भक्तपुर निस्टलाई ६ विकेटले पराजित गरेको छ।

बिहिवार सम्पन्न पहिलो खेलमा भक्तपुर निस्टले जितको लागि दिएको १ सय ७ रनको समान्य लक्ष्य १६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो। सरस्वतीको जितमा कप्तान आयुब चन्दले अविजित ४१, अरुण महराले २४, हृदय बिठारिले १८ तथा आशिष पनेरुले अविजित १० रनको योगदान दिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भक्तपुर निस्ट स्कुलले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६ रन मात्र बनाउन सकेको थियो। खेलको म्यान अफ द म्याच सरस्वतीको आयुव चन्द भए। प्रतियोगितामा लगातार दोस्रो खेलमा पराजय भएपछि भक्तपुर निस्ट प्रतियोगिताबाट बाहिरिएको छ।

लिटिल बुद्धको जितमा सन्दिपको विस्फोटक ब्याटिंग 

आजै भएको दोश्रो खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले एबिसी आवासीय नेपालगन्जलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

लिटिल बुद्धका कप्तान तथा नेपाली अन्डर–१९ टोलिका सदस्य सन्दिप जोराले ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेपछी लिटिल बुद्धले एबिसी आवासियलाई फराकिलो अन्तरले पराजित गरेको हो।

Sundeep Jora
Sundeep Jora

लिटिल बुद्ध एकेडेमी कंचनपुरले जितको लागि दिएको २ सय २ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एबिसी आवासीय नेपालगन्ज १४ दशमलव ४ ओभरमा मात्र १ सय ५ रनमै समेटियो। एबिसी स्कुललाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ लिटिल बुद्धका हेमन्त कार्किले ४ , रोचक ऐरले २, पारस क्षेत्री र कप्तान सन्दीप जोराले समान १/१ विकेट लिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी कंचनपुरले सन्दिप जोरा र सुशील खड्काको अर्धशतकिय पारीको मदत्तले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १ रनको विशाल योगफल तयार पारेको थियो। प्रतियोगितमा एक टिमले बनाएको यो सर्वाधिक रन हो।

कप्तान जोराले अविजित रहदै ८३ रन बनाए जुन क्रममा मात्र ३८ बलमा १० छक्का र १ चौका प्रहार गरे। लिटिल बुद्धको लागि ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान सन्दिप जोरा खेलको म्यान अफ द म्याच घोषणा भएका छ्न्।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने छ।

प्रतियोगिता संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निष्ट कलेज लैनचौरको मुख्य प्रायोजनामा सञ्चालन भईरहेको छ। प्रतियोगितामा देशभरिका १२ टिमले सहभागीता जनाएका छन् ।

 





थप समाचार

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]

दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय […]

ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । एक खेल अगाबै फाइनल […]