कर्पोरेट सुपर-सिक्स सोमबार देखि, २३ टिमको सहभागीता पक्का

  • विकेटनेपाल , मङ्सिर-७ 

नेपालकै सबैभन्दा ठुलो कर्पोरेट क्रिकेट प्रतियोगिता सेन्चुरी ब्यांक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको पाँचौ संस्करणमा २३ टिम सहभागी हुने पक्का भएको छ। प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा आयोजना हुनेछ।

बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सहभागी टिमहरुको समुह बिभाजन गरिएको छ। सोहि कार्यक्रममा प्रतियोगिताको ट्रफी र जर्सी समेत सार्वजनिक गरिएको थियो।

बिभाजन अनुसार गत संस्करणको विजेता सिभिल बैंक र २०१६ संस्करणको विजेता सेन्चुरी बैंक एकै समुह ( समुह सी ) मा परेका छन् भने उक्त समुहमा तेश्रो टिमको भने टुंगो लाग्न बाँकी रहेकोछ। गत संस्करणको उप-विजेता आईसीएफसी फाइनान्स समुह ‘जी’ मा रहेको छ जुन समुहमा जनता बैंक र एनसीसी बैंक रहेका छन्।

२४ टिम सहभागी गराउने लक्ष्य भए पनि २३ टिमको टुंगो लागिसकेको र १ टिमको टुंगो लाग्न बाँकी रहेको सम्मेलनमा आयोजक एसएस इभेट्सका सीईओ रमन शिवाकोटीले जानकारी गराएका छन्।

समुह बिभाजन :

समुह ‘ए’ – ओम डेभलप्मेन्ट बैंक, सुर्य नेपाल र नबिल बैंक , समुह ‘बि’ – नेपाल टेलिकम , सनराइज बैंक, टाइगर्स ब्रुअरी , समुह ‘सी’ – सिभिल बैंक, सेन्चुरी बैंक , तेश्रो टिम टुंगो लाग्न बाँकी
समुह ‘डी’ – सुबिसु, इसेवा, अन्नपुर्ण मिडिया , समुह ‘ई’ – सिप्रदी, कुमारी बैंक , एनएमबि बैंक
समुह ‘एफ’ – मेगा बैंक, नेपाल एसबिआई बैंक, आईएमई ग्रुप , समुह ‘जी’ –  जनता बैंक, आईसीएफसी फाइनान्स, एनसीसी बैंक, समुह ‘एच’ – एनआईसी एसिया बैंक, इन्डियन एम्बेसी, नेपाल लाइफ इन्सुरेन्स

८ वटा समुहमा विभाजित टिमहरुलाई लिग चरणको खेल खेलाईनेछ। प्रत्येक समुहको टिमले एक-अर्कासंग खेलीसकेपछि प्रत्येक समुहबाट २ वटा टिम प्रि-क्वार्टरफाइनल खेल्न छनौट हुनेछ। प्रि-क्वार्टरफाइनलबाट क्वार्टर-फाइनलमा ८ टिम हुँदै सेमीफाइनल र फाइनल खेल खेलिनेछ।

यो पटक प्रतियोगिताको सबै खेलहरु एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ। प्रतियोगिताको कुल बजेट ३२ लाख रुपैयाँ रहेको शिवाकोटीले बताए।

टिम घोषणा तथा समुह बिभाजन कार्यक्रममा बोल्दै सेन्चुरी बैंकका सहायक सीईओ जीवन भट्टराईले स्थापना भएको लामो इतिहास नभए पनि सेन्चुरीले नेपाली खेलकुदलाई निरन्तर प्रवर्धन गर्दै आएको बताए।

प्रतियोगिताको बिजेता टिमले आगामी बर्ष निशुल्क इन्ट्री पाउनेछ। यस्तै उपविजेता टिम, रनर अप, म्यान अफ द सिरिज, बेस्ट बलर/ब्याट्सम्यान , बेस्ट फिल्डर लगायतलाई बिशेष पुरस्कार प्रदान गरिनेछ।

 





थप समाचार

कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ […]

कृतिका चम्कँदा बागमती ५२ रनमा अल आउट

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशलाई ५३ रनको लक्ष्य दिएको […]

ललितपुर मेयर्स कप आजबाट, बागमती र ललितपुर खेल्दै

काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र […]

वाइड र नो-बल बिनाको त्यो विश्वकप …

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]