टिपीएल टि-२० : रोहित पौडेलको अल-राउण्ड प्रदर्शनमा शंकरनगर फाइनलमा

Rohit Paudel
  • विकेटनेपाल, मङ्सिर ७ – शुक्रबार 

तिलोत्तमा प्रिमियर लिग टि-२० प्रतियोगिताको फाइनलमा रोयल शंकरनगर र लुम्बिनी कासाईले प्रतिस्पर्धा गर्ने भएका छन्।

शुक्रबार सम्पन्न सेमीफाइनल खेलहरुमा रोयल शंकरनगरले बुटवल डाइनामाइट्सलाई २ विकेटले तथा लुम्बिनी कासाईले मणिग्राम किंग्सलाई ७२ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। फाइनल खेल शनिबार ११ बजे खेलिनेछ।

तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीको आयोजनामा संचालित प्रतियोगिताको विजेतालले नगद ३ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

शंकरनगरलाई जिताउन रोहित पौडेल उत्कृस्ट 

पहिले ब्याटिंग गरेको बुटवल डाइनामाइट्सले २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार गरेको थियो।

डाइनामाइट्सको लागि हरि चौहानले मात्र १८ बलमा ४ चौका र ३ छक्का मद्दतले ४३ रनको आक्रामक इनिंग खेले भने देभ खनालले ३५, म्रिनल गुरुङले ३१ तथा सौरभ खनालले २३ रन बनाए। बलिङ्गमा शंकरनगरका रोहित पौडेलले २ विकेट लिए।

Rohit Paudel
Rohit Paudel

१६८ रनको ठुलो लक्ष्य शंकरनगरले १९.२ ओभरमा ८ विकट गुमाएर पुरा गर्यो।

खेलको प्लेयर अफ द म्याच चुनिएका राष्ट्रिय क्रिकेटर रोहित पौडेलले ५ छक्का र ५ चौका प्रहार गर्दै ४३ बलमा ६४ रन बनाउदै जितमा अहम योगदान दि। यस्तै सुनिल कार्कीले ३२ तथा सन्दिप सुनारले २० रन योगदान दिए। डाइनामाइट्स बलर हरजित सिंह र सौरभ खनालले २/२ विकेट लिए।

लुम्बिनीको जितमा रुपेश कुर्मीको अल-राउण्ड प्रदर्शन 

दोश्रो सेमीफाइनलमा लुम्बिनी कासाईले मणिग्राम किंग्सलाई ७२ रनको बिशाल अन्तरले पराजित गर्यो।

पहिलो ब्याटिंग गरेको कासाईले २० ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएपछि १५२ रनको लक्ष्य पछ्याउने क्रममा मणिग्रामले ७९ रनमै सबै विकेट गुमाउन पुग्यो।

कासाईको लागि प्लेयर अफ द म्याच चुनिएका रुपेश कुर्मीले ३ विकेट ( ४-०-१७-३ ) लिनुको साथै आक्रामक इनिंग खेल्दै ११ बलमा २६ रन ( २ छक्का र ३ चौका ) प्रहार गरे। कासाईको लागि ब्याटिंगमा सुनिल धमलाले सर्वाधिक ४८ रन ( ३९ बल, ४ छक्का र १ चौका ) तथा भिम सार्कीले २१ रन योगदान दिएका थिए।

मणिग्रामका बलर अमर सिंह राउटेलाले ४ विकेट तथा कृष्ण कार्कीले २ विकेट लिए पनि जिताउन भने सकेनन्।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]