टिपीएल टि-२० : रोहित पौडेलको अल-राउण्ड प्रदर्शनमा शंकरनगर फाइनलमा

  • विकेटनेपाल, मङ्सिर ७ – शुक्रबार 

तिलोत्तमा प्रिमियर लिग टि-२० प्रतियोगिताको फाइनलमा रोयल शंकरनगर र लुम्बिनी कासाईले प्रतिस्पर्धा गर्ने भएका छन्।

शुक्रबार सम्पन्न सेमीफाइनल खेलहरुमा रोयल शंकरनगरले बुटवल डाइनामाइट्सलाई २ विकेटले तथा लुम्बिनी कासाईले मणिग्राम किंग्सलाई ७२ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। फाइनल खेल शनिबार ११ बजे खेलिनेछ।

तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीको आयोजनामा संचालित प्रतियोगिताको विजेतालले नगद ३ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

शंकरनगरलाई जिताउन रोहित पौडेल उत्कृस्ट 

पहिले ब्याटिंग गरेको बुटवल डाइनामाइट्सले २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार गरेको थियो।

डाइनामाइट्सको लागि हरि चौहानले मात्र १८ बलमा ४ चौका र ३ छक्का मद्दतले ४३ रनको आक्रामक इनिंग खेले भने देभ खनालले ३५, म्रिनल गुरुङले ३१ तथा सौरभ खनालले २३ रन बनाए। बलिङ्गमा शंकरनगरका रोहित पौडेलले २ विकेट लिए।

Rohit Paudel
Rohit Paudel

१६८ रनको ठुलो लक्ष्य शंकरनगरले १९.२ ओभरमा ८ विकट गुमाएर पुरा गर्यो।

खेलको प्लेयर अफ द म्याच चुनिएका राष्ट्रिय क्रिकेटर रोहित पौडेलले ५ छक्का र ५ चौका प्रहार गर्दै ४३ बलमा ६४ रन बनाउदै जितमा अहम योगदान दि। यस्तै सुनिल कार्कीले ३२ तथा सन्दिप सुनारले २० रन योगदान दिए। डाइनामाइट्स बलर हरजित सिंह र सौरभ खनालले २/२ विकेट लिए।

लुम्बिनीको जितमा रुपेश कुर्मीको अल-राउण्ड प्रदर्शन 

दोश्रो सेमीफाइनलमा लुम्बिनी कासाईले मणिग्राम किंग्सलाई ७२ रनको बिशाल अन्तरले पराजित गर्यो।

पहिलो ब्याटिंग गरेको कासाईले २० ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएपछि १५२ रनको लक्ष्य पछ्याउने क्रममा मणिग्रामले ७९ रनमै सबै विकेट गुमाउन पुग्यो।

कासाईको लागि प्लेयर अफ द म्याच चुनिएका रुपेश कुर्मीले ३ विकेट ( ४-०-१७-३ ) लिनुको साथै आक्रामक इनिंग खेल्दै ११ बलमा २६ रन ( २ छक्का र ३ चौका ) प्रहार गरे। कासाईको लागि ब्याटिंगमा सुनिल धमलाले सर्वाधिक ४८ रन ( ३९ बल, ४ छक्का र १ चौका ) तथा भिम सार्कीले २१ रन योगदान दिएका थिए।

मणिग्रामका बलर अमर सिंह राउटेलाले ४ विकेट तथा कृष्ण कार्कीले २ विकेट लिए पनि जिताउन भने सकेनन्।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy