कलेज भर्ना भए सन्दिप, क्रिकेटसंगै पढाई लैजाने ( फोटो फिचर सहित )

Sandeep Lamichhane
  • विकेटनेपाल, मङ्सिर-१८ , मंगलबार 

आइपिएल जस्ता बिश्वका ठुला क्रिकेट लिगहरु लगातार खेल्दै क्रिकेटबाट नेपालको नाम बिश्वभर पुर्याएका सन्दिप लामिछानेले खेलसंगै पढाईलाई पनि अघि बढाउने भएका छन्।

युएईमा भर्खरै सम्पन्न टि-१० लिगमा केरला नाइट्सको लागि खेलेपछि शनिबार नेपाल फर्किएका सन्दिपले मंगलबार बिहान बौद्धस्थित जेभियर इन्टर-नेसनल कलेजमा भर्ना गरेका छन्।

जेभियर इन्टर-नेसनल कलेजका ब्राण्ड एम्बासडर समेत रहेका सन्दिप मानविकी संकाय अन्तर्गत सोसल वर्क बिषयमा ब्याचलरमा भर्ना भएका हुन्। उनलाई कलेजले शत-प्रतिशत छात्रवृति प्रदान गर्नेछ।

कलेज भर्ना भएपछि प्रतिक्रिया दिंदै सन्दिपले क्रिकेटसंगै पढाईको यात्रा पनि संगै लैजाने बताएका छन् – “सानै देखि मलाई सोसल वर्क गर्न धेरै मन पर्थ्यो र पछि गएर सामाजिक काम गरे भने सबैको लागि हुन्छ”

सन्दिपले आफ्नो फुर्सद भएको खण्डमा कलेजमै पढ्न समेत जाने समेत बताए- “फ्री भाको बेला आउछु, केहि महिना अब म नेपालमै हुँदिन त्यसले गर्दा म आउन पाउदिन, त्यसपछि जति हुन्छ म निरन्तरता दिन्छु”


सन्दिप भर्ना हुन फर्म भर्न कलेज गएको अवसरमा उनले फ्यानहरुसंग अन्तरक्रिया गर्दै बिभिन्न प्रश्नहरुको उत्तर समेत दिएका थिए भने अटोग्राफ समेत दिएका थिए। त्यस क्रममा उनले भर्खरै टि-१० लिगमा पछिल्लो ३ खेलमा गरेको नराम्रो प्रदर्शन बारे बोल्दै राम्रो-नराम्रो खेल जीवनमा समय आउने र आफुले मात्रै नभई अन्य ठुला बलरले पनि त्यो फर्म्याटमा संघर्ष गरेको बताएका थिए।

टि-१० लिग अन्तर्गत सन्दिपले नर्थर्न वारियर्ससंगको खेलमा २ ओभर बलिङ्ग गर्दा ४७ रन तथा बेङ्गाल टाइगर्ससंग १ ओभरमा २० रन खर्चिएका थिए। लिगको अघिल्लो ३ खेलमा भने सन्दिपले राम्रो बलिङ्ग गर्दै ३ खेलमा ६ विकेट लिएका थिए जुनक्रममा पख्तुन्ससंगको पहिलो खेलमा ३ विकेट लिंदै प्लेयर अफ द म्याच समेत घोषित भएका थिए।

डिसेम्बर १९ बाट सुरु हुने अष्ट्रेलियन घरेलु टि-२० लिग बिग ब्यास खेल्न मेर्लबर्न स्टारले आबद्ध गरेपछि सन्दिप यहि मङ्सिर २२ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिगको सुरुवात २ खेल खेलेपछि अस्ट्रेलिया फर्किने तालिका रहेको छ। इपिएलमा सन्दिप ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्सबाट खेल्नेछन्। ललितपुर प्याट्रीएट्सले पारस खड्का कप्तानीको बिराटनगर वारियर्ससंग डिसेम्बर ८ तारिकमा तथा चितवन टाइगर्ससंग डिसेम्बर ९ तारिकमा खेल्ने तालिका रहेको छ।

बिग ब्यास लिग (बिबिएल) कै बिचमा बंगलादेशमा आयोजना हुने बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्न सन्दिप बंगलादेश आउनेछन्। बंगलादेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्। बंगलादेश प्रिमियर लिग पछि सन्दिप पुन: बिग ब्यास लिगका लागि अष्ट्रेलिया फर्किने तालिका रहेको छ।

( फोटो श्रोत – जेभियर कलेज फेसबुक )

 

 

 

 

 

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]