कलेज भर्ना भए सन्दिप, क्रिकेटसंगै पढाई लैजाने ( फोटो फिचर सहित )

२०७५ मंसिर १८, मंगलवार १५:४२

Sandeep Lamichhane
  • विकेटनेपाल, मङ्सिर-१८ , मंगलबार 

आइपिएल जस्ता बिश्वका ठुला क्रिकेट लिगहरु लगातार खेल्दै क्रिकेटबाट नेपालको नाम बिश्वभर पुर्याएका सन्दिप लामिछानेले खेलसंगै पढाईलाई पनि अघि बढाउने भएका छन्।

युएईमा भर्खरै सम्पन्न टि-१० लिगमा केरला नाइट्सको लागि खेलेपछि शनिबार नेपाल फर्किएका सन्दिपले मंगलबार बिहान बौद्धस्थित जेभियर इन्टर-नेसनल कलेजमा भर्ना गरेका छन्।

जेभियर इन्टर-नेसनल कलेजका ब्राण्ड एम्बासडर समेत रहेका सन्दिप मानविकी संकाय अन्तर्गत सोसल वर्क बिषयमा ब्याचलरमा भर्ना भएका हुन्। उनलाई कलेजले शत-प्रतिशत छात्रवृति प्रदान गर्नेछ।

कलेज भर्ना भएपछि प्रतिक्रिया दिंदै सन्दिपले क्रिकेटसंगै पढाईको यात्रा पनि संगै लैजाने बताएका छन् – “सानै देखि मलाई सोसल वर्क गर्न धेरै मन पर्थ्यो र पछि गएर सामाजिक काम गरे भने सबैको लागि हुन्छ”

सन्दिपले आफ्नो फुर्सद भएको खण्डमा कलेजमै पढ्न समेत जाने समेत बताए- “फ्री भाको बेला आउछु, केहि महिना अब म नेपालमै हुँदिन त्यसले गर्दा म आउन पाउदिन, त्यसपछि जति हुन्छ म निरन्तरता दिन्छु”


सन्दिप भर्ना हुन फर्म भर्न कलेज गएको अवसरमा उनले फ्यानहरुसंग अन्तरक्रिया गर्दै बिभिन्न प्रश्नहरुको उत्तर समेत दिएका थिए भने अटोग्राफ समेत दिएका थिए। त्यस क्रममा उनले भर्खरै टि-१० लिगमा पछिल्लो ३ खेलमा गरेको नराम्रो प्रदर्शन बारे बोल्दै राम्रो-नराम्रो खेल जीवनमा समय आउने र आफुले मात्रै नभई अन्य ठुला बलरले पनि त्यो फर्म्याटमा संघर्ष गरेको बताएका थिए।

टि-१० लिग अन्तर्गत सन्दिपले नर्थर्न वारियर्ससंगको खेलमा २ ओभर बलिङ्ग गर्दा ४७ रन तथा बेङ्गाल टाइगर्ससंग १ ओभरमा २० रन खर्चिएका थिए। लिगको अघिल्लो ३ खेलमा भने सन्दिपले राम्रो बलिङ्ग गर्दै ३ खेलमा ६ विकेट लिएका थिए जुनक्रममा पख्तुन्ससंगको पहिलो खेलमा ३ विकेट लिंदै प्लेयर अफ द म्याच समेत घोषित भएका थिए।

डिसेम्बर १९ बाट सुरु हुने अष्ट्रेलियन घरेलु टि-२० लिग बिग ब्यास खेल्न मेर्लबर्न स्टारले आबद्ध गरेपछि सन्दिप यहि मङ्सिर २२ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिगको सुरुवात २ खेल खेलेपछि अस्ट्रेलिया फर्किने तालिका रहेको छ। इपिएलमा सन्दिप ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्सबाट खेल्नेछन्। ललितपुर प्याट्रीएट्सले पारस खड्का कप्तानीको बिराटनगर वारियर्ससंग डिसेम्बर ८ तारिकमा तथा चितवन टाइगर्ससंग डिसेम्बर ९ तारिकमा खेल्ने तालिका रहेको छ।

बिग ब्यास लिग (बिबिएल) कै बिचमा बंगलादेशमा आयोजना हुने बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्न सन्दिप बंगलादेश आउनेछन्। बंगलादेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्। बंगलादेश प्रिमियर लिग पछि सन्दिप पुन: बिग ब्यास लिगका लागि अष्ट्रेलिया फर्किने तालिका रहेको छ।

( फोटो श्रोत – जेभियर कलेज फेसबुक )

 

 

 

 

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy