इपिएल टि-२० : अम्पायरको निर्णयको बिरोध गर्दा शुबेन्दुलाई कारबाही

Shubendu Pandey
  • विकेटनेपाल, मङ्सिर २५ – मंगलबार

एभरेष्ट प्रिमियर लिग ( ईपीएल टि-२० ) प्रतियोगिता अन्तर्गत पोखरा राइनोजका खेलाडी तथा पुर्व यु-१९ राष्ट्रिय क्रिकेटर शुबेन्दु पाण्डे अम्पायरको निर्णयको बिरोध गर्दा कारबाहीमा परेका छन्।

राइनोजका लागि विकेट किपरको भूमिका निर्वाह गरेका तथा माथिल्लो क्रममा ब्याटिंग गरेका सुबेन्दुले बिराटनगर वारियार्ससंग इपिएलमा आफ्नो पहिलो खेल खेल्ने क्रममा पहिलो बलमा खातानै नखोली आउट भएका थिए।

किन गरियो कारबाही ?

बिराटनगर वारियर्स बिरुद्द टस हारेर पहिले ब्याटिंग गरेको पोखराले ५ रनको स्कोरमा कप्तान कायल कोट्ज़रलाई ४ रनमा गुमाएपछी सुबेन्दु पाण्डे क्रिजमा आएका थिए।

पल भान मिकिरनको पहिलो बलको सामना गरेका पाण्डेले मिकिरनको बाउन्सरलाई हुक गर्ने चक्करमा विकेटकिपर आसिफ शेखको हातमा क्याच दिन पुगे। अम्पायरले आउट दिएपछि पाण्डेले आफुले ब्याटले बल नछोएको भन्दै अम्पायरको निर्णय प्रति तत्काल आपत्ति जनाएका थिए भने क्रिज छोडेर नगई अम्पायरलाई आफ्नो ब्याटको किनारा नलागेको बताएका थिए।

Shubhendu Pandey
Shubhendu Pandey

पाण्डेलाई अम्पाएरको निर्णयको बिरोध गरेको भन्दै म्याच रेफ्रीले कारबाही गरेका हुन्। कारबाही बापत उनलाई खेलको म्याच फिको १० प्रतिशत जरिवाना गरिएको छ भने १ डी-मेरिट अंक समेत प्रदान गरिएको छ। पाण्डेले आफुले गरेको गल्ति स्विकारीसकेको इपिएल आयोजकले पठाएको बिज्ञप्तिमा उल्लेख छ।

केहि समय अघि पोखरा प्रिमियर लिगमा समेत बिराटनगर टाईटन्सका कप्तान सन्दिप लामिछाने कारबाहीमा परेका थिए। सन्दिपले पनि अम्पायरको निर्णयको बिरोध गरेका थिए।

सन् २००६ मा नेपाली यु-१६ क्रिकेट टिमको प्रतिनिधित्व गरेका शुबेन्दु पाण्डेले त्यसपछि सन् २०११ को यु-१९ बिश्व कप छनौटमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए।

के-हो डी-मेरिट अंक ?

अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ बाट प्रयोगमा आएको डी-मेरिट अंक खेलाडीको अनुसासन कायम गर्न प्रयोग गरिने मापदण्ड हो। अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी-मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम छ।

नेपाली घरेलु क्रिकेटमा भने डी-मेरिट अंक १२ महिनासम्मको समयका लागि रहने छ। पाण्डेले पाएको डी-मेरिट अंक नेपालमा आयोजना हुने सबै घरेलु क्रिकेट प्रतियोगिताका लागि १२ महिनासम्म रहनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]