ओलिभियरले उत्कृस्ट बलिङ्ग गर्दा पाकिस्तान पराजित

२०७५ पुष १३, शुक्रबार १९:२१

  • विकेटनेपाल, पुष-१३ , शुक्रबार 

दक्षिण अफ्रीका भ्रमणमा पाकिस्तानले ३ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा ६ विकेटको हार बेहोरेको छ।

सेञ्चुरियन  स्थित सुपर स्पोर्ट पार्कमा सम्पन्न खेलको अन्तिम इनिंगमा पाकिस्तानले दिएको १४९ रनको लक्ष्य घरेलु टिमले ४ विकेट गुमाएर पुरा गरेको हो।

टेस्टको पहिलो इनिंगमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा १८१ रन बनाएको थियो। त्यसपछि पहिलो इनिंगमा दक्षिण अफ्रीकाले २२३ रन बनाएपछि ४२ रनको अग्रता लिएको थियो। दोश्रो इनिंगमा ब्याटिंग गरेको पाकिस्तानले १९० बनाउदा दक्षिण अफ्रीकालाई जितको लागि १४९ रनको लक्ष्य दिएको थियो।

खेलको प्लेयर अफ द म्याच दायाँ हाते फास्ट बलर डुवान ओलिभियर घोषित भए जसले पहिलो इनिंगमा ६ विकेट ( १४-३-३७-६ ) तथा दोश्रो इनिंगमा ५ विकेट ( १५-३-५९-५ ) लिंदै उत्कृस्ट बलिङ्ग प्रदर्शन गरेका थिए। मात्र छैठौं टेस्ट खेल्ने क्रममा उनले खेल जीवनकै उत्कृस्ट बलिङ्ग गरे।

टेस्ट समरी   ( दक्षिण अफ्रीका ६ विकेटले बिजयी ) 

पाकिस्तान पहिलो इनिंग : १८१  ( बाबर आजम ७१ , डुवान ओलिभियर : ६/३७ ) ,
दक्षिण अफ्रीका पहिलो इनिंग : २२३ ( टेम्बा बभुमा ५३, क्वान्टन डीकक ४५ , मोहम्मद आमिर ४/६२ , शाहिन अफ्रिदी ४/६४ )
पाकिस्तान दोश्रो इनिंग : १९० ( शान मसुद ६५ , इमाम उल हक ५७ , डुवान ओलिभियर : ५/५९ )
दक्षिण अफ्रीका दोश्रो इनिंग : १५१/४ ( हासिम आम्ला ६३* , डीन एल्गर ५० )

सिरिज अन्तर्गत दोश्रो टेस्ट जनवरी ३  देखि कप टाउनमा तथा तेश्रो टेस्ट जनवरी ११ देखि जोहानेसबर्गमा खेलिनेछ। टेस्ट सिरिज पछि ५ एकदिवसीय र ३ वटा टि-२० खेल समेत खेलिनेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy