ओलिभियरले उत्कृस्ट बलिङ्ग गर्दा पाकिस्तान पराजित

  • विकेटनेपाल, पुष-१३ , शुक्रबार 

दक्षिण अफ्रीका भ्रमणमा पाकिस्तानले ३ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा ६ विकेटको हार बेहोरेको छ।

सेञ्चुरियन  स्थित सुपर स्पोर्ट पार्कमा सम्पन्न खेलको अन्तिम इनिंगमा पाकिस्तानले दिएको १४९ रनको लक्ष्य घरेलु टिमले ४ विकेट गुमाएर पुरा गरेको हो।

टेस्टको पहिलो इनिंगमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा १८१ रन बनाएको थियो। त्यसपछि पहिलो इनिंगमा दक्षिण अफ्रीकाले २२३ रन बनाएपछि ४२ रनको अग्रता लिएको थियो। दोश्रो इनिंगमा ब्याटिंग गरेको पाकिस्तानले १९० बनाउदा दक्षिण अफ्रीकालाई जितको लागि १४९ रनको लक्ष्य दिएको थियो।

खेलको प्लेयर अफ द म्याच दायाँ हाते फास्ट बलर डुवान ओलिभियर घोषित भए जसले पहिलो इनिंगमा ६ विकेट ( १४-३-३७-६ ) तथा दोश्रो इनिंगमा ५ विकेट ( १५-३-५९-५ ) लिंदै उत्कृस्ट बलिङ्ग प्रदर्शन गरेका थिए। मात्र छैठौं टेस्ट खेल्ने क्रममा उनले खेल जीवनकै उत्कृस्ट बलिङ्ग गरे।

टेस्ट समरी   ( दक्षिण अफ्रीका ६ विकेटले बिजयी ) 

पाकिस्तान पहिलो इनिंग : १८१  ( बाबर आजम ७१ , डुवान ओलिभियर : ६/३७ ) ,
दक्षिण अफ्रीका पहिलो इनिंग : २२३ ( टेम्बा बभुमा ५३, क्वान्टन डीकक ४५ , मोहम्मद आमिर ४/६२ , शाहिन अफ्रिदी ४/६४ )
पाकिस्तान दोश्रो इनिंग : १९० ( शान मसुद ६५ , इमाम उल हक ५७ , डुवान ओलिभियर : ५/५९ )
दक्षिण अफ्रीका दोश्रो इनिंग : १५१/४ ( हासिम आम्ला ६३* , डीन एल्गर ५० )

सिरिज अन्तर्गत दोश्रो टेस्ट जनवरी ३  देखि कप टाउनमा तथा तेश्रो टेस्ट जनवरी ११ देखि जोहानेसबर्गमा खेलिनेछ। टेस्ट सिरिज पछि ५ एकदिवसीय र ३ वटा टि-२० खेल समेत खेलिनेछ।

 





थप समाचार

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]

क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार […]