महिला राष्ट्रिय क्रिकेटरहरुसंग बिनोद दासले मनाए जन्मदिन ( फोटो फिचर )

  • विकेटनेपाल, पुष – १५ , आइतबार 

नेपाली क्रिकेट टिमका पुर्व कप्तान बिनोद दासले आइतबार  नेपाली महिला राष्ट्रिय टिमसंग आफ्नो जन्मदिन मनाएका छन्।

दास हाल २०१९ फेब्रुवरी १८ देखि २७ तारिकसम्म थाईल्याण्डमा आयोजना हुने आईसीसी महिला बिश्व कप छनौट एसिया प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको साथ प्रशिक्षण गरिरहेका छन्। महिला टिमले छनौट प्रतियोगिता अघि जनवरी १२ देखि थाईल्याण्डमानै आयोजना हुने ‘थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास २०१९’ प्रतियोगिता पनि खेल्दैछ।

आफ्नो ३६ औं जन्मदिन बिनोद दासले महिला राष्ट्रिय टिमसंग टिम होटलमा मनाएका हुन्। सन् २००० मा नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गरेका कलैया घर भएका दासले २०१५ अप्रिलमा टीयु मैदानमा भएको फिलिप ह्युजको सम्मानमा खेलिएको मैत्रीपूर्ण खेलबाट सन्यास लिएका थिए।

हाल बिनोद दास अन्डर-१९ राष्ट्रिय टिमको नियमित मुख्य प्रशिक्षक रहँदै आएका छन् भने ईपिएल, पिपिएल जस्ता प्रतियोगितामा टिमको प्रशिक्षक तथा माघमा आयोजना हुने धनगढी प्रिमियर लिगमा प्रतियोगिता निर्देशकको भूमिका निर्वाह गर्नेछन्।

फोटोहरुमा हेर्नुस दासले कसरि मनाए जन्मदिन :-


( फोटो – नेरी थापा , फेसबुक )





थप समाचार

बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ […]

मोक्षदालाई हराउँदै सैनिक आवासीय च्याम्पियन

काठमाडौं । मोक्षदा स्कुललाई पराजित गरी सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु-१६ टी-२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन […]

राजस्थानमाथि चेन्नईको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ६१ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्समाथि जित निकालेको […]

एपीएफको सुखद सुरुआत

काठमाडौं । ललितपुर मेयर्स कपको तेस्रो खेलमा नेपाल एपीएफ क्लबले सुखद सुरुआत गरेको छ । पहिलो खेल जितका साथ सुरुआत […]

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]