महिला राष्ट्रिय क्रिकेटरहरुसंग बिनोद दासले मनाए जन्मदिन ( फोटो फिचर )

  • विकेटनेपाल, पुष – १५ , आइतबार 

नेपाली क्रिकेट टिमका पुर्व कप्तान बिनोद दासले आइतबार  नेपाली महिला राष्ट्रिय टिमसंग आफ्नो जन्मदिन मनाएका छन्।

दास हाल २०१९ फेब्रुवरी १८ देखि २७ तारिकसम्म थाईल्याण्डमा आयोजना हुने आईसीसी महिला बिश्व कप छनौट एसिया प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको साथ प्रशिक्षण गरिरहेका छन्। महिला टिमले छनौट प्रतियोगिता अघि जनवरी १२ देखि थाईल्याण्डमानै आयोजना हुने ‘थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास २०१९’ प्रतियोगिता पनि खेल्दैछ।

आफ्नो ३६ औं जन्मदिन बिनोद दासले महिला राष्ट्रिय टिमसंग टिम होटलमा मनाएका हुन्। सन् २००० मा नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गरेका कलैया घर भएका दासले २०१५ अप्रिलमा टीयु मैदानमा भएको फिलिप ह्युजको सम्मानमा खेलिएको मैत्रीपूर्ण खेलबाट सन्यास लिएका थिए।

हाल बिनोद दास अन्डर-१९ राष्ट्रिय टिमको नियमित मुख्य प्रशिक्षक रहँदै आएका छन् भने ईपिएल, पिपिएल जस्ता प्रतियोगितामा टिमको प्रशिक्षक तथा माघमा आयोजना हुने धनगढी प्रिमियर लिगमा प्रतियोगिता निर्देशकको भूमिका निर्वाह गर्नेछन्।

फोटोहरुमा हेर्नुस दासले कसरि मनाए जन्मदिन :-


( फोटो – नेरी थापा , फेसबुक )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy