आईसीसीले दिने भयो राष्ट्रिय क्रिकेटरको २ वर्षको तलब, पढ्नुस कसले कति पाउनेछन्

Sandeep Lamichhane
  • विकेटनेपाल, पुष-१९ – बिहिबार 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पछिल्लो २ बर्ष देखि रोकिएको नेपाली राष्ट्रिय खेलाडीहरुको तलब वितरण गर्ने भएको छ।

बिहिबार अन्नपूर्ण पोस्टद्वारा प्रकासित समाचार अनुसार नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि सबै जिम्मेवारी लिएको आईसीसीले रोकिएको तलब सुचारु गर्न लागेको हो। नेपाल क्रिकेट संघले सन् २०१५ मा खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरी पहिलो पटक राष्ट्रिय खेलाडीहरुलाई तलब दिने घोषणा गरेको थियो।

नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि खेलाडीहरुलाई आईसीसीले २०१७ जुलाईमा पछिल्लो पटक तलब दिएको थियो। त्यसबेला राष्ट्रिय टिमका २३ जना खेलाडीले तलब पाएका थिए। त्यस बेला ‘ए’ श्रेणीका खेलाडीहरुको तलब  रु. ३५ हजार, ‘बि’ श्रेणीको खेलाडीहरुको तलब रु. २५,००० रहेको थियो भने ‘सी’ श्रेणीको खेलाडीहरुको तलब रु. १० हजार थियो। आईसीसीले सोहि वर्गीकरण अनुसार त्यतिबेला १ बर्षको तलब दिएको थियो।

यो पटक खेलाडीहरुको अनुरोधमा आईसीसीले २ बर्षको तलब दिनेछ। राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र उपकप्तानको परामर्शमा खेलाडीहरुलाई पुनः ३ वटा श्रेणीमा वर्गीकरण गरिएको र ३ वटै विधामा ७/७ गरि २१ खेलाडीहरुलाई समाबेश गरिएको अन्नपूर्णले लेखेको छ।

‘ए’ श्रेणीको खेलाडीहरुले मासिक ३५ हजार, ‘बि’ श्रेणीको खेलाडीहरुले मासिक २५ हजार र ‘सी’ श्रेणीका खेलाडीहरुले मासिक १५ हजारको दरले २ बर्ष देखिको तलब पाउनेछन्। आईसीसीले राष्ट्रिय खेलकुद परिषद मार्फत तलब वितरण प्रक्रिया अघि बढाईसकेको छ।

कसले कति पाउनेछन् तलब ? 

ए श्रेणी ( मासिक रु. ३५ हजार ) – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, वसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरि  ( पाउने कुल रकम – ८ लाख ४० हजार )
बि श्रेणी ( मासिक रु. २५ हजार ) – आरिफ शेख, करन केसी, ललित भण्डारी, अनिल शाह, रोहित पौडेल, ललित नारायण राजबंशी, शक्ति गौचन ( पाउने कुल रकम – ६ लाख )
सी श्रेणी ( मासिक रु. १५ हजार ) –  सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, किशोर महतो र बिनोद भण्डारी ( पाउने कुल रकम – ३ लाख ६० हजार )

( समाचार श्रोत – अन्नपूर्ण पोस्ट )





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]