आईसीसीले दिने भयो राष्ट्रिय क्रिकेटरको २ वर्षको तलब, पढ्नुस कसले कति पाउनेछन्

२०७५ पुष १९, बिहीबार ०९:४३

Sandeep Lamichhane
  • विकेटनेपाल, पुष-१९ – बिहिबार 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पछिल्लो २ बर्ष देखि रोकिएको नेपाली राष्ट्रिय खेलाडीहरुको तलब वितरण गर्ने भएको छ।

बिहिबार अन्नपूर्ण पोस्टद्वारा प्रकासित समाचार अनुसार नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि सबै जिम्मेवारी लिएको आईसीसीले रोकिएको तलब सुचारु गर्न लागेको हो। नेपाल क्रिकेट संघले सन् २०१५ मा खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरी पहिलो पटक राष्ट्रिय खेलाडीहरुलाई तलब दिने घोषणा गरेको थियो।

नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि खेलाडीहरुलाई आईसीसीले २०१७ जुलाईमा पछिल्लो पटक तलब दिएको थियो। त्यसबेला राष्ट्रिय टिमका २३ जना खेलाडीले तलब पाएका थिए। त्यस बेला ‘ए’ श्रेणीका खेलाडीहरुको तलब  रु. ३५ हजार, ‘बि’ श्रेणीको खेलाडीहरुको तलब रु. २५,००० रहेको थियो भने ‘सी’ श्रेणीको खेलाडीहरुको तलब रु. १० हजार थियो। आईसीसीले सोहि वर्गीकरण अनुसार त्यतिबेला १ बर्षको तलब दिएको थियो।

यो पटक खेलाडीहरुको अनुरोधमा आईसीसीले २ बर्षको तलब दिनेछ। राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र उपकप्तानको परामर्शमा खेलाडीहरुलाई पुनः ३ वटा श्रेणीमा वर्गीकरण गरिएको र ३ वटै विधामा ७/७ गरि २१ खेलाडीहरुलाई समाबेश गरिएको अन्नपूर्णले लेखेको छ।

‘ए’ श्रेणीको खेलाडीहरुले मासिक ३५ हजार, ‘बि’ श्रेणीको खेलाडीहरुले मासिक २५ हजार र ‘सी’ श्रेणीका खेलाडीहरुले मासिक १५ हजारको दरले २ बर्ष देखिको तलब पाउनेछन्। आईसीसीले राष्ट्रिय खेलकुद परिषद मार्फत तलब वितरण प्रक्रिया अघि बढाईसकेको छ।

कसले कति पाउनेछन् तलब ? 

ए श्रेणी ( मासिक रु. ३५ हजार ) – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, वसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरि  ( पाउने कुल रकम – ८ लाख ४० हजार )
बि श्रेणी ( मासिक रु. २५ हजार ) – आरिफ शेख, करन केसी, ललित भण्डारी, अनिल शाह, रोहित पौडेल, ललित नारायण राजबंशी, शक्ति गौचन ( पाउने कुल रकम – ६ लाख )
सी श्रेणी ( मासिक रु. १५ हजार ) –  सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, किशोर महतो र बिनोद भण्डारी ( पाउने कुल रकम – ३ लाख ६० हजार )

( समाचार श्रोत – अन्नपूर्ण पोस्ट )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy